पक्षघातको उपचारका लागि एक मात्राको १ लाख ३८ हजार पर्ने औषधी निःशुल्क वितरण गरिने


काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने र एक मात्राको मूल्य झन्डै १ लाख ३८ हजार रुपैयाँ पर्ने औषधी मुलुकमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

अमेरिकाको च्यारिटी संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोगमा प्राप्त थ्रोम्बोलाइटिक ड्रग्स संघीय तथा प्रदेश अस्पताल मार्फत निःशुल्क वितरण गरिनेछ ।

वर्षेनी पक्षघातका कारण करिब ८ सय जनाले ज्यान गुमाइरहेको तथ्यांकको आधारमा यो पहल गरिएकोहो।

मन्त्री पौडेलले पोखरामा आयोजित एक कार्यक्रममा भने, ‘पक्षघातको उपचार सम्भव भए पनि दुर्लभ र महँगो औषधीका कारण धेरैले ज्यान गुमाइ रहेका छन् । यसलाई रोक्न सरकार आफैंले औषधी उपलब्ध गराउने व्यवस्था मिलाइ रहेको छ।‘

थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीले पक्षघातको सफल निदान गर्न सकिने चिकित्सकहरूले बताएका छन् । यस औषधीको एक मात्राको मूल्य झन्डै १ लाख ३८ हजार रुपैयाँ पर्छ। हाल सम्म सहजै उपलब्ध नहुने यो औषधी अब पाँच वर्ष सम्म सरकारको माग अनुसार निःशुल्क प्रदान गरिनेछ।

स्वास्थ्य मन्त्रालय को  अनुसार औषधी वितरणका लागि निर्देशिका निर्माणको प्रक्रिया अघि बढि सकेको छ।

यो निर्देशिका संघीय र प्रदेश अस्पताल हरूमा लागू हुनेछ। यो कदमले पक्षघातका कारण हुने मृत्यु दर घटाउने विश्वास गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!