औषधिः उत्पादन देखी उपयोग सम्म उचित भण्डारण आवश्यक


काठमाडौं– औषधि उद्योगमा दवाईको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न उचित भण्डारणमा कडा नियन्त्रण आवश्यक रहेको छ । यस सन्दर्भमा तापमान र्ट्याकिङले महत्वपूर्ण भूमिका खेल्छ ।

‘औषधि भण्डारण प्रकृयामा तापक्रम र्ट्याकिङ धेरै महत्वपूर्ण छ’, यतिकेम डिस्ट्रिब्युटर्स प्रालि कार्यकारी अध्यक्ष प्रभु राज वैद्य ले औषधि को उत्पादन भए देखि उपभोक्ताले उपभोग गर्ने बेला सम्म दबाइको प्रकृति अनुसारको उचित भण्डारण नभए यसले काम नगर्ने वा जसरी प्रतिकृया गर्नु पर्ने हो नगर्ने खतरा रहेको बताउँछन् ।

धेरै प्रेस्क्रिप्सन औषधि हरूलाई तिनिहरूको सन्तुलन र प्रभावकारिता कायम राख्न विशेष तापक्रम चाहिन्छ । थर्मोकोपल हरूको उपयोग औषधि भण्डारण केन्द्र वा कक्षमा लगातार तापक्रम निगरानी गर्न र सेट सीमाहरूबाट विचलित हुँदा अलार्म बजाउन प्रयोग गर्न सकिन्छ ।

यसले औषधि लाई बिग्रन बाट जोगाउनु को साथै उपयोग नहुँदा सम्म प्रभावकारी रुपमा काम गर्ने ग्यारेन्टी दिने गरेको औँल्याउँदै वैद्य भन्छन–‘ईन्सुलिनको सुई’ हेपाटाइटिस वा अन्य रोग विरुद्ध खोप लगायत काले काम नगरेको उपभोक्ता वा चिकित्सा कर्मी गुनासो को कारण अधिकांश केसमा औषधिहरू उचित तापक्रम र प्रकृया अनुसार भण्डारण न गरेकोले हुने गर्छ ।’

‘एक जना परिचित जो मधुमेह रोगी छन्, एक विशेष तापक्रममा इन्सुलिन सुरक्षित राख्नु पर्ने आवश्यकता बारे अनभिज्ञ भएका कारण इन्सुलिन लिँदा पनि उनको मधुमेह अनियन्त्रित रहयो । सामान्य छलफलका क्रममा उनको गल्ती पत्ता लागे पछि मधुमेह नियन्त्रणमा आएको थियो’, वैद्यका अनुसार यसरी पसल वाट किन्दा वा आफैले घरमा राख्दा औषधिको उचित तापक्रम को प्रबन्धन नगरे यसले ज्यान जान सक्ने जोखिम समेत हुन्छ ।

सामान्यतया कोल्ड चेन अन्तर्गत कोल्ड रुम मा २ देखी ८ डिग्री, कुल रुममा १५ देखि २५ डिग्री र डिप फ्रिजरमा माइनस २० डिग्री सेल्सियस तापक्रममा औषधिहरू राखिन्छ ।

अझ २ देखी ८ डिग्री तापक्रममा राख्नु पर्ने खोप लगायतका औषधिहरू किन्दा पसलको रेफ्रिजरेटर काम गर्छ वा गर्दैन र यसलाई निरन्तर एक निश्चित तापक्रममा नबिग्रने गरी राखिएको छ वा छैन भन्ने कुरा धेरै जसो उपभोक्ताले सुनिश्चित नगर्ने गरेको वैद्य बताउँछन् ।

यसले गर्दा औषधिले गर्नु पर्ने काम नगर्दा विरामी वा पीडित थप जोखिममा पर्ने जनाउदै उनी भन्छन–‘धेरैजसो ओटीसी (ओभर द काउन्टर) अर्थात् चिकित्सकीय पुर्जा विना किन्न सकिने औषधि र प्रेस्क्रिप्सन औषधिहरूमा सक्रिय रसायनहरूले उच्च तापमानमा द्रुत रूपमा प्रतिक्रिया गर्छ ।’

धेरै लामो समय सम्म उच्च तापक्रमको एक्सपोजरले औषधिलाई हानि पुर्याउन सक्छ र यसलाई प्रभाव हीन वा हानिकारक समेत बनाउन सक्छ । उचित प्रतिफल पाउन कारखानामा औषधि उत्पादन हुँदा, भए पछि र यस लाई वजार पठाउँदा एवं खुद्रा पसलमा रहदा लगायत उपभोक्ताले सेवन गर्ने समय सम्म औषधि भण्डारण गर्दा कोल्ड चेन (उचित चिस्यानको श्रृंखला) को गुणस्तर कायम राख्नु पर्छ । सही, सुरक्षित र उपयुक्त औषधि सेवन को प्रकृयामा औषधि हेर्ने राज्यको निकाय संगै उपभोक्ता समेत जागरूक हुनु  पर्ने वैद्य बताउँछन ।

नेपाली जनता लाई सहि, उपयुक्त र सुरक्षित औषधि सेवन सुनिश्चित गर्न राज्य सँगै आम उपभोक्ता, उत्पादक, वितरक र खुद्रा व्यापारी समेत जागरूक हुनु पर्ने धारणा वैद्यको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!