‘नेपालले राष्ट्रिय खोप कार्यक्रम मार्फत ‘हेपाटाइटिस बी’ तथा ‘हैजा’ विरुद्धको खोप कार्यक्रम ल्याउने’

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भनेः देश व्यापी खोप अभियान पाठेघरको मुखको क्यान्सर विरुद्ध लड्ने विश्व लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण उपलब्धि


बाली (इन्डोनेसिया) – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राष्ट्रिय खोप कार्यक्रम मार्फत नेपाल मा हेपाटाइटिस बी तथा हैजा विरुद्ध समेत खोप कार्यक्रम ल्याउने योजना रहेको बताएका छन ।

इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले गाभी सँग सहकार्य गरेर नेपालले खोप लक्षित प्राथमिकता तय गर्ने औँल्याउँदै उक्त कुरा बताएका हुन ।

‘हामी यस बारे (हेपाटइटिस बी तथा हैजा विरुद्धको खोप) विमर्श गरिरहेका छौँ,‘ स्वास्थ्य मन्त्री पौडेलले बैठकमा भने, ‘नेपालले यसका लागि चाँडै औपचारिक अनुरोध गर्नेछ ।’

स्वास्थ्य मन्त्री ले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपाल प्रतिबद्ध रहेको जनाउँदै यसका लागि देश व्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको समेत जनाए ।

पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ २२ गते देखि दुई साता सम्म किशोरी हरूलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी समेत बैठकमा स्वास्थ्य मन्त्रीले दिए ।

‘यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीति मा महत्वपूर्ण उपलब्धि हुनेछ,’ मन्त्री पौडेलले भने ।

नेपालमा खोप कार्यक्रम सञ्चालन गर्न कुल बजेटको कम मात्र अंश स्वास्थ्यका लागि विनियोजन हुनु तथा नयाँ सङ्घीय व्यवस्थामा जनशक्ति अभाव जस्ता समस्या सँग जुधि रहनु परेको मन्त्री पौडेलले बताए ।

‘हाम्रो स्वास्थ्य क्षेत्र सुदृढीकरण सहायता क्षमता अभिवृद्धि मा तपाई हरू बाट सहयोगको अपेक्षा गरेका छौं’, स्वास्थ्य मन्त्रीले बैठकलाई सम्बोधन गर्दै भने, –‘यस्तो सहयोगले नेपाल र नेपाल जस्ता मुलुकहरूका लागि खोपहरूको पहुँच र सुलभता को लागि महत्वपूर्ण हुनेछ ।’

‘कोही पनि पूर्ण खोप अभियानबाट वञ्चित नहुन भन्नका लागि नेपालले विश्वव्यापी खोप अभियान सँग गर्ने साझेदारी महत्वपूर्ण हुनेछ,’ मन्त्री पौडेलले अगाडि थपे ।

नेपालको खोप कार्यक्रमका लागि विश्वव्यापी खोप अलायन्स गाभीले ६५ प्रतिशत सहयोग गर्दै आएको छ । दक्षिण पश्चिम एसिया क्षेत्रमा खोप ऐन ल्याउने पहिलो देश नेपाल ले राष्ट्रिय खोप कार्यक्रमबाट हरेक वर्ष ५ लाख लाभान्वित हुने समेत बैठकमा स्वास्थ्य मन्त्री पौडेलले सुनाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!