‘स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्णयः सबै किशोरीलाई निःशुल्क एचपीभी खोप लगाइने’
काठमाडौं– स्वास्थ्य मन्त्री प्रदीप पौडेलले देश भरीका किशोरीहरूको लागि पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप निःशुल्क लगाउने निर्णय गरेका छन् ।
हृयुमन प्यापिलोमा भाइरस (एचपीभी) खोपले एचपीभी वाट हुने सङ्क्रमण र क्यान्सरबाट जोगाउन मद्दत गर्छ । यो खोपले केही प्रकारका एचपीभी बाट जोगाउँछ, जसले यौन अङ्ग मा मुसा र पाठेघरको क्यान्सर, योनिको क्यान्सर र महिलामा भल्भरको क्यान्सर निम्त्याउन सक्छ ।
किशोरी हरूलाई सानै उमेर देखि क्यान्सरबाट जोगाउन अभियान कै रूपमा निःशुल्क एचपीची खोप लगाइने निर्णय गरिएको स्वास्थ्य मन्त्री पौडेलले बताए ।
स्वास्थ्य मन्त्रालयले आगामी माघ २३ गते क्यान्सर दिवसको अवसर मा किशोरीहरूको लागि १५ दिने देश व्यापी खोप अभियान थाल्ने तयारी गरेको छ ।
मंगल बार निःशुल्क खोप बारे मन्त्री स्तरीय निर्णय वाट देश भरका ७ देखि १४ वर्ष सम्मका १६ लाख ८८ हजार ९ सय किशोरी लाभान्वित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेका छन् । जस अनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकाले समेत यो खोप लगाउन पाउनेछन् । मुलुकमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरले ज्यान लिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस