‘क्यान्सर रोधी ट्रैस्टुजुमैब, ओसिमार्टिनिब र डयुरवालुमैव औषधिको मूल्य घटाउन भारत सरकारको निर्देशन’

सरकारले भन्यो, भन्सार छुट र जीएसटी घटाउने सुविधा को लाभ उपभोक्ताले पाउनु पर्छ


नयाँ दिल्ली– भारत सरकारले क्यान्सर प्रतिरोधी तीन औषधिको मूल्य घटाउन औषधि कम्पनीहरू लाई निर्देशन दिएको छ । किफायती मूल्यमा औषधिको उपलब्धता सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता व्यक्त गर्दै केन्द्रले भन्सार महसुल र गुडस एण्ड सर्भिस टैक्स (जीएसटी) मा कटौतीको फाइदा उप भोक्ताहरूले पाउनु नै पर्ने बताए ।

राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरण (एनपीपीए) ले सम्बन्धित अफिस मेमोरेन्डम जारी गरेर सम्बन्धित उत्पादकहरूलाई क्यान्सर रोधी  ट्रैस्टुजुमैब (Trastuzumab) , ओसिमार्टिनिब (Osimertinib)  र डयुरवालुमैव (Durvalumab) औषधि अधिकतम खुद्रा मूल्य (एमआरपी) कम गर्न निर्देशन दिएको छ ।

रसायन तथा उर्वरक मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यी तीन वटा क्यान्सर निरोधक औषधिमा भन्सार महसुल छुट दिने घोषणा आर्थिक वर्ष २०२४–२५ को केन्द्रीय बजेटमा गरिएको थियो ।

अर्थ मन्त्रालयको राजस्व विभागले यसै वर्ष २३ जुलाई मा सूचना जारी गर्दै तीन वटा औषधिको भन्सार महसुल शून्यमा झारेको मन्त्रालयले जनाएको छ । तदनुसार, यी औषधिहरूको एमआरपी घटाउनुपर्छ र कर एवं शुल्क मा कटौतीको फाइदा उपभोक्ताहरूलाई दिनुपर्छ । उक्त तीनै औषधिको मूल्य सुचीमा परिवर्तित मूल्य सुची उल्लेख हुनु पर्ने समेत सरकारले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!