‘फार्मेसीमा न्युट्र्रास्युटिकल र कस्मास्युटिकल छानेर लिन सक्ने व्यवस्था हुनु पर्छ’
काठमाडौं– मुलुकमा आम उपभोक्ता ले न्युट्र्रास्युटिकल र कस्मास्युटिकल छानेर लिन सक्ने व्यवस्था गर्न नेपाल आहार पूरक सौन्दर्यवर्द्घक सङ्घ (एनएनसिए) ले माग गरेको छ ।
आगामी शनिवार हुन गइ रहेको सङ्घको पहिलो अधिवेशन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त माग गरिएको हो ।
विदेशमा फार्मेसी पसलमा न्युट्र्रास्युटिकल र कस्मास्युटिकल छुट्टा छुट्टै र्याकमा राखिएको हुने र आफूलाई मनपर्ने उत्पादन उपभोक्ताले छानी छानी लिन सक्ने जनाउँदै सङ्घका अध्यक्ष विप्लव रञ्जितले नेपालमा औषधि, खाद्य र कस्मास्युटिकल हेर्ने निकाय फरक फरक हुने भएकोले समस्या सिर्जना भएको बताए ।
सङ्घका वरिष्ठ उपाध्यक्ष सुशान्त मुरारका ले हाल न्युट्र्रास्युटिकल र कस्मास्युटिकल आयात, बजारी करण, थोक बिक्री मा समस्या नभए पनि खुद्रा बिक्रीमा मात्र समस्या रहेको बताए ।
मुलुकमा ६०० भन्दा बढी न्युट्र्रास्युटिकल लगायतका आहारपुरक आपूर्ति गर्ने व्यवसायीहरू छन् । उनीहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर यस्ता सामग्री हरू आयात र बजारी करण गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस