‘औषधि व्यवस्था विभाग द्वारा ८ प्रकारको औषधिको उत्पादन, विक्रि वितरण मा रोक’


काठमाडौं– औषधि व्यवस्था विभाग (डिडिए)ले मुलुकमा ८ प्रकारको औषधिहरूको उत्पादन तथा विक्री वितरण नगर्न सूचना जारी गरेको छ ।

यस अन्तर्गत १.लिनाग्लिप्टिन २.५ मिलि ग्राम, २.लिनाग्लिप्टिन १० मिलि ग्राम, ३. लिनाग्लिप्टिन + मेटफर्मिन एसआर(२.५/५००), ४.लिनाग्लिप्टिन+ मेटफर्मिन एसआर(२.५/८५०), ५.लिनाग्लिप्टिन + मेटफर्मिन आइआर(५/५००), ६.रिभरोक्सकबैन टैब ५ मिलि ग्राम, ७.एसिलोफेनाक २०० मिलि ग्राम इमिडियेट रिलिज ट्याबलेट र ८. एसिलोफेनाक ३०० मिलि ग्राम आइआर रहेका छन् ।

डिडिए ले उक्त ८ प्रकारको औषधिहरू स्ट्र्रिजेन्ट रेगुलेटरी अथोरिटी मा दर्ता नभएको जनाएको छ । यस्तै उक्त  औषधीहरूको स्ट्र्रेन्थ  हरुको सम्बन्धमा औषधि सल्लाहकार समिति वाट सिफारिस प्राप्त नभए सम्म को लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री वितरण भइ रहेको ब्रान्ड समेत थप उत्पादन नगर्न/गराउन निर्णय भइ सकेको डिडिएले जनाएको छ।

यस्तै उक्त औषधिहरू उत्पादन भइ वा आयात भएर हाल बजारमा उपलब्ध रहेका हरुलाइ निर्णय मिति (असार २०८१ साल ९ गते)  देखि बढी मा ३ महिना भित्र बजार वाट फिर्ता गर्नु पर्ने समेत डिडिएले जनाएको छ ।

यति मात्र नभइ बजारमा मौज्दात रहेको यस प्रकार का सम्मिश्रण भएका औषधिहरूका आधिकारिक विवरण विभागमा पेस गर्ने र सम्बन्धित प्रमाणहरू, अनुज्ञापत्र र सिफारिस पत्र फिर्ता लिइ नियमानुसार रद्द गर्ने समेत डिडिएले जनाएको छ ।

डिडिएले उत्पादन तथा विक्री वितरण रोकेका ८ औषधिहरू

  1. Linagliptin 2.5 mg, 2. Linagliptin 10mg , 3. Linagliptin+Metformin SR (2.5/500), 4. Linagliptin+Metformin SR (2.5/850), 5. Linagliptin+Metformin IR (5/500), 6. Rivaroxaban tab 5mg, 7. Aceclofenac 200mg immediate relese tablet and 8. Aceclofenac 300mg IR

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!