मदिरा सेवन पछि ‘हृयाङ्ग्जाईटी’ ? अर्थात् हृयाङ्गओभर र एंग्जाइटी


हृयाङ्ग्जाईटीः मदिराले हाम्रो स्वास्थ्यमा मात्र नराम्रो असर गर्दैन, यसले स्नायविक कार्य (न्युरोलजिकल फंग्सन) पनि असन्तुलित हुन्छ, जो मस्तिष्कको लागि हानिकारक हुन सक्छ ।

आजकल धेरै मानिसहरू लाइ यो समस्याले सताउने गरेको छ, जसलाई Hangxity भनिन्छ । यो दुई शब्दहरू, हृयाङ्गओभर (Hangover) र एन्जाइटी (Anxiety)बाट बनेको रोग हो । जो मदिरा पिए पछि हुने मानसिक र शारीरिक अवस्थालाई झल्काउँछ।

विश्वका करिब २२ प्रतिशत मानिसले मदिरा सेवन पछि यो हृयाङ्गओभरको बेचैनी अनुभव गर्छन् । प्रायः मानिसहरू यसलाई  ‘हृयाङ्गओभर एंग्जाइटी’ वा हृयाङ्ग्जाईटी भन्छन् । यसमा मदिरा सेवन कर्ता लाई हृयाङ्ग ओभरको साथ साथै नर्भस र चिन्तित महसुस गर्न थाल्छन् । पहिले जानौं, ह्याङ्ग ओभर किन हुन्छ ?

वास्तवमा, हृयाङ्गओभर तब हुन्छ जब मदिरा सेवन पछि शरीरलाई यसको असरबाट निको हुनमा समय लाग्छ । रक्सीको सेवनले शरीरमा धेरै जैविक र रासायनिक परिवर्तनहरू हुन्छन्, जसका कारण शरीरमा विभिन्न लक्षणहरू देखा पर्छन् । अब यसको पछाडिको विज्ञान बुझौं ।

  • निर्जलीकरणः मदिरा एक मूत्र वर्धक हो, अर्थात्, यसले शरीरबाट पानी बाहिर निकाल्छ । जसका कारण शरीरमा पानीको कमी हुन्छ । जसले गर्दा टाउको दुख्ने, मुख सुक्खा हुने र थकाइ महसुस हुने गर्छ ।
  • रगतमा चिनीको मात्राः मदिरा ले शरीरमा ग्लुकोज (शुगर) को मात्रा घटाउँछ, जसले गर्दा ऊर्जाको कमी हुन्छ र कमजोरी, चिढिने र थकाइ महसुस हुन्छ । यसले मस्तिष्कको काममा पनि असर गर्छ ।
  • भिटामिन र खनिजको कमीः रक्सी पिउनाले शरीरमा आवश्यक भिटामिन र खनिजहरू जस्तै बी–भिटामिन र पोटासियमको कमी हुन्छ, जसले हृयाङ्गओभर लाई अझ बढाउन सक्छ ।
  • ग्लुटामेट र जीएबीए को असन्तुलनः मदिरा एक तन्त्रीका तन्त्र अवसाद (nervous system depressant) हो । यसले मस्तिष्कमा गामा–एमिनोब्युट्रिक एसिड (जीएबीए) Gamma-aminobutyric acid (GABA)को स्तर बढाउ छ । जसले व्यक्तिलाई शान्त र आराम महसुस गराउँछ । एकै समयमा, यो ग्लुटामेट (Glutamate) (एक उत्तेजक न्यूरोट्रान्समिटर) लाई कम गर्छ, जसले गर्दा सोच्ने गति कम हुन्छ ।

मदिरा को प्रभाव समाप्त भए पछि, मस्तिष्कले यी रसायनहरूलाई सन्तुलनमा राख्ने प्रयास गर्छ, जसको विपरीत प्रभाव हुन्छ । ग्लुटामेट बढ्छ र जीएबीए घट्छ, चिन्ता, घबराहट र थकाइ जस्ता लक्षणहरू निम्त्याउँछ । यो भयो हृयाङ्ग ओभरको विज्ञान । अब जानौं हृयाङ्ग्जाईटी के हो र यो समय बेचैनी किन हुन्छ ।

हृयाङ्ग्जाईटी भनेको के हो? 

हृयाङ्ग्जाईटी भनेको हृयाङ्गओभरको लक्षण र राति धेरै पिए पछि अनुभव हुने चिन्ता हो । मदिरा पिए पछि हाम्रो शरीर र मस्तिष्कमा धेरै परिवर्तन हुन्छ । वैज्ञानिक दृष्टिकोण बाट, रक्सीले स्नायु प्रणालीमा डिप्रेसन को रूपमा काम गर्दछ । यसको अर्थ मदिरा ले हाम्रो मस्तिष्कमा रासायनिक सन्देश वाहकहरूलाई असर गर्छ, जसलाई न्युरोट्रान्समिटर भनिन्छ ।

मदिराले जीएबीए (गामा–एमिनोब्युट्रिक एसिड) बढाउँछ, यो एक यस्तो न्युरोट्रान्समिटर हो जसले हामीलाई शान्त र आराम महसुस गराउँछ । यो बाहेक यसले ग्लुटामेट लाई कम गर्दछ, जसले हाम्रो विचारलाई सुस्त बनाउँछ र हामी शान्त अवस्थामा पुग्छौं । यसै कारणले, मदिरा पिउने क्रममा व्यक्ति मिलनसार र लापरवाह अनुभव गर्दछ ।

तर मदिराको असर समाप्त हुने बित्तिकै मस्तिष्कले सन्तुलन कायम गर्न जीएबीए लाई कम गर्ने र ग्लुटामेट लाई बढाउने प्रक्रिया सुरु गर्छ । यो परिवर्तनले मस्तिष्कमा प्रतिकूल प्रभाव पार्छ र यसलाई अत्यधिक उत्तेजित  गर्छ । जसले व्यक्तिलाई बेचैनी र चिन्ताको अनुभव गराउँछ ।

यस्तो अवस्थामा मस्तिष्क बढी संवेदनशील भइ हाल्छ र व्यक्ति लाई डर र असुरक्षाको अनुभव हुन सक्छ । मस्तिष्कमा जीएबीए र ग्लुटामेट जस्ता न्युरोट्रान्समिटर हरूको असन्तुलन हुँदा यस्तो हुन्छ । यस्तो अवस्थामा पुर्ण निन्द्रा हुँदैन, शरीर र दिमाग लाई पूर्ण रुपमा आराम प्राप्त हुँदैन, शरीरमा पानी को कमी (डिहाइड्रेसन) हुन्छ । शरीर थाकेको अनुभव हुन्छ । मदिरा सेवन कर्ता मानसिक रूपमा कमजोर अनुभव गर्छन् र चिन्ता एवं डिप्रेसन बढ्छ । हृयाङ्ग्जाइटी लाई बुझ्न धेरै अनुसन्धान भएको छ । वैज्ञानिकहरूको अनुसार हृयाङ्ग्जाइटीको मुख्य कारण मस्तिष्कमा रासायनिक असन्तुलन हो ।

किन केही व्यक्तिलाई बढी हृयाङ्ग्जाइटी हुन्छ?

किन सबै मानिसहरू हृयाङ्ग्जाइटी अनुभव गर्दैनन् ? यसका धेरै कारण हुन सक्छन् । मुख्यतया व्यक्तिको जीन, उसको स्ट्यामिना (सहन शक्ति) र मानसिक अवस्थाको योगदान हुन्छ । कतिपय मानिसहरू मदिरा सेवन गरेपछि आफू लाई सामान्य अनुभव गर्छन् भने अरूमा हृयाङ्ग्जाइटी का गम्भीर लक्षणहरू हुन्छन् ।

अनुसन्धानका अनुसार शरीरले रक्सीलाई कसरी प्रशोधन गर्छ भन्नेमा जीनले महत्वपूर्ण भूमिका खेल्छ । कतिपय व्यक्तिमा मदिरा को प्रभाव छोटो समयमै हट्छ भने कतिपयमा यो लामो समय सम्म रही रहन्छ । यो सबै जीनको कारणले हुन्छ ।

यो बाहेक पहिले देखि नै चिन्ता वा तनाव सँग जुधिरहेका मानिसहरू हृयाङ्ग्जाइटी अनुभव गर्ने सम्भावना बढी हुन्छ । यस्ता व्यक्ति प्रायः सामाजिक कार्यक्रमहरूमा सहज अनुभव गर्न मदिरा सेवन गर्छन्, तर यसले उनीहरूमा हृयाङ्ग्जाइटीको जोखिम झन् बढाउँछ।

हृयाङ्ग्जाइटीका लक्षणहरू

यदि तपाई राति धेरै मदिरा पिए पछि बिहान हृयाङ्गओभर र एंग्जाइटी चिन्ता अनुभव गर्नु हुनु हुन्छ भने, यसमा समान लक्षण जस्तै धेरै घबराहट, मुटुको धड्कन बढ्नु, चिढिनु, टाउको दुख्ने, थकाइ, नकारात्मक सोच वा पश्चातापको भावना समावेश हुन सक्छ ।

हृयाङ्ग्जाइटीबाट कसरी बच्ने

हृयाङ्ग्जाइटी बाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको मदिरा सेवनलाई सीमित गर्नु हो । विभिन्न स्वास्थ्य संस्थाहरूले साता मा दश ड्रिंक भन्दा बढी मदिरा सेवन नगर्ने सल्लाह दिन्छ र एक दिनमा चार भन्दा बढी ड्रिंक नपिउन सुझाव दिन्छ ।

जति धेरै मदिरा सेवन गरिन्छ, हृयाङ्ग्जाइटी को लक्षण त्यति नै तीव्र हुनेछ र यसले मानसिक अवस्था पनि प्रभावित हुनेछ । त्यसैले मदिरा नै सेवन गर्नु हुन्न वा गर्ने परे मात्रा लाई ध्यानमा राख्नु पर्छ ।

मदिरा सेवन पछि तपाइलाई हृयाङ्ग्जाइटी हुन्छ भने यस वाट बाच्न मदिराको मात्रा नियन्त्रण गर्नुहोस्, आवश्यकता भन्दा बढी पिउनु हुँदैन ।

मदिरा सेवन गर्दा हाइड्रेसनको ख्याल गर्नुहोस्, रक्सी पिउनु अघि र पछि पानी पिउनु होस । मदिरा जन्य पेय पदार्थ सँग स्वस्थ स्न्याक्स लिनुहोस् र रक्सी पिए पछि उचित खाना खानु होस् ।

राम्रो सँग निन्द्रा लिनुहोस् र शरीरलाई आराम दिनुहोस् । यो बाहेक योग र ध्यान गरेर पनि हृयाङ्गजाइटीलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!