डा. गोविन्द केसीअस्पताल भर्ना/पिसाब मा किटोन देखियो, रगत मा सुगर कम हुदै, मुटु को चालबढदै
धनगढी – चिकित्सा शिक्षा र सेवा क्षेत्र सुधारका लागी अनसनरत प्रा .डा गोविन्द केसीको स्वास्थ्य स्थिति कमजोर हुदै गएकोछ । उनको पिसाबमा किटोन समेत देखीन थालिएको छ ।
डा केसीले सात बुँदे माग राख्दै सोमबार देखि धनगढीको कृष्ण मन्दिरमा सत्याग्रह सुरु गरे पनि स्वास्थ्यमा समस्या देखिन थालिए पछि उनलाई वुधवार साझदेखी सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएकोछ ।
२० औ पटक आमरन अनसन गरिरहेका डा.केसीमा कमजोरी आउन सुरु भएको सेती प्रादेशिक अस्पताल वरिष्ठ फिजिसियन डा .शेरबहादुर कमरले नेपालहेल्थप्रेसलाई बताए ।
हाल डा.केसीमा को मांसपेशी दुख्नु, एक क्षण कुरा गर्दा सास फेर्न गार्हो हुनु, कमजोरी लगायतका समस्या देखि राखिएको जनाउँदै डा. कमरले भने – ‘रक्तचाप ठिक छ, अहिले ११०/७० छ ।’
तर डा.केसीको मुटुको चाल मंगलबारको दाँजोमा बुधवार बढेको छ । मंगलबार उनको मुटुको चाल प्रति मिनेट सरदर ७० भए पनि वुधवार १०० पुगेको छ ।
यति मात्र नभई डा.केसीको रगत जाँच गर्दा शुगर कम देखिन थालिएको छ । हाल उनको रगतमा सुगर ५६ मिलिग्राम पर डेसिलिटर देखिएको छ।
प्रतिक्रिया दिनुहोस