सरकारी अस्पतालका डाक्टरले अब उपचार सिफारिस गर्दा आफ्नो पूरा विवरण लेख्नै पर्ने

काठमाडौं – अब देखि सरकारी अस्पतालमा बिरामीको उपचारमा संलग्न चिकित्सकले उपचार/परीक्षण सिफारिस गर्दा आफ्नो नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर र सही छाप अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भएको छ।
स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार, रेडियोलोजी, ल्याब वा अन्य परीक्षणको सिफारिस गर्दा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मी को सबै विवरण स्पष्ट रूपमा कागजमा हुनु पर्नेछ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यस्तो व्यवस्था ल्याउनुको उद्देश्य बिरामीको उपचार सहज बनाउने, अनावश्यक परीक्षण रोक्ने र अस्पताल बाहिर पठाउनु पर्ने अवस्था कम गर्ने हो ।
हाल सम्म उपचार/परीक्षण सिफारिसमा चिकित्सकको विवरण नहुँदा उपचारमा समस्या हुने, गलत निर्णय हुन सक्ने र जिम्मेवारी छुट्ने अवस्था देखिएकाले अबदेखि यस्तो हुने छैन।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालको सेवा सुधारमा जोड दिँदै आएका छन्। उनको सचिवालयका अनुसार, यो निर्देशनले सरकारी अस्पतालको उपचार प्रक्रिया अझ प्रभावकारी बन्नेछ।
प्रतिक्रिया दिनुहोस