क्लिनिकल फर्मासिष्टको गुणस्तर घट्ने खतरा प्रति चिकित्सा शिक्षा आयोग गम्भिर हुनपर्ने

काठमाडौं – नेपलिज एशोसियशन अफ क्लिनिकल फर्मासिष्ट, बागमती प्रदेश ले चिकित्सा शिक्षा आयोग सानोठिमी लाई क्लिनिकल फार्मेसी, फर्मसियूटिकल केयरमा स्नातकोत्तर अर्थात एमफार्मा गर्ने यस्तै वि. फार्मेसी पछिको फार्म. डी अध्यापन गराउने शैक्षिक संस्थाको न्युनतम मापदन्ड कायम गरिनुपर्ने वारे ध्यानाकर्षण गराएका छन ।
एशोसियशन का अध्यक्ष डा. अनुपराज उप्रेतीले चिकित्सा शिक्षा आयोग का प्रमुख लाई लिखित ज्ञापन पत्र दिदै घ्यानाकर्षण गराएका हुन ।
उक्त पत्र मा क्लिनिकल फार्मेसी, फर्मसियूटिकल केयरमा स्नातकोत्तर, वि. फार्मेसी पछिको फार्म. डी अस्पताल मा बिरामीको सैया छेउमा गई अध्ययन गर्ने विषय रहेको जनाएको छ।
यो विषय अध्ययन गर्न अन्य स्वास्थ्य सम्बन्धित विषय जस्तै अस्पताल र विरामी अनिवार्य हुने भएकाले यस विषय अध्ययन गर्न अस्पतालहरुमा पर्याप्त मात्रमा क्लिनीकल फर्मासिष्टहरु कार्यरत हुनुपर्ने ज्ञापनमा उल्लेखछ ।
तर हाल क्लिनिकल फार्मेसी अध्यापन गराउने शैक्षिक संस्थाहरुको आफ्नै अस्पताल नभएको र भएको हकमा पनि पर्याप्त क्लिनीकल फर्मासिष्टहरु कार्यरत नरहेको वा हुँदै नभएको प्रति एसोसिएसन ले आयोगको ध्यानाकर्षण गराएको छ ।
चिकित्सा शिक्षा आयोगले यी विषयहरुको अध्यापन अनुमती दिनु अगाडि उल्लेखित मापदन्ड भएको / नभएको अध्ययन गरी मात्र स्वीकृति प्रदान गर्न समेत पत्र मा अनुरोध गरिएको छ ।
क्लिनिकल फर्मासिष्टहरुको संख्या मात्र बढाउने तर गुणस्तर घट्ने परम्परा कायम हुने खतरा प्रति एशोसियशन गम्भिर रहेको चिकित्सा शिक्षा आयोग पनि गम्भिर हुनपर्ने ज्ञापनपत्रमा जनाइएकोछ।

प्रतिक्रिया दिनुहोस