आवासीय चिकित्सकका माग सम्बोधन गर्न चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम


काठमाडौं — विगत लामो समयदेखि आवासीय चिकित्सक र स्रातकोत्तर तह (एमडी / एमएस / एमडीएस) का परीक्षार्थीहरूले उठाउँदै आएका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघले सरकार र सम्बन्धित निकायलाई ७२ घण्टे अल्टिमेटम दिएको छ।

चिकित्सक संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगको १६औं बैठकले गरेको निर्णयलाई अविलम्ब र बिना सर्त कार्यान्वयन गर्न माग गरेको छ।

सो निर्णय अनुसार आवासीय चिकित्सकहरू लाई सरकारका आठौं तहका मेडिकल अधिकृतको बराबर निवृत्तिभरण दिने व्यवस्था गरिनेछ ।

यसै गरी, आयोगको १७औं बैठकले सार्वजनिक स्वास्थ्य संस्थामा स्रातकोत्तर तहको सिट संख्या थप गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयनमा कुनै पहल नदेखिएको संघले जनाएको छ । संघले चिकित्सा शिक्षा आयोगको १८औं बैठक अविलम्ब बोलाउन माग गर्दै दुई प्रमुख बुँदा राखेको छ।

संघका अनुसार, आयोगले प्रकाशित गरेको सीट म्याट्रिक्समा १७औं बैठकले थपेको सिट संख्या समेत समेटी, एक सिट पनि नघटाई अविलम्ब म्याचिङ प्रक्रिया सुरु गर्नु पर्नेछ। साथै, हाल अध्ययनरत र भविष्यमा अध्ययन गर्ने सबै आवासीय चिकित्सकलाई आठौं तह बराबरको निवृत्ति भरण तुरुन्त उपलब्ध गराउनुपर्ने माग राखिएको छ।

संघले सूचना प्रकाशित भएको मितिले ७२ घण्टा भित्र माग सम्बोधन नभए देश भरका चिकित्सकलाई चरणबद्ध आन्दोलनमा उत्रन आव्हान गर्न बाध्य हुने चेतावनी दिएको छ।

संघका महासचिव डा. सन्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा चिकित्सक संघले चिकित्सकहरुको जायज माग प्रति सधैँ प्रत्यक्ष र परोक्ष समर्थन रहने उल्लेख छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!