‘शिक्षा र स्वास्थ्यलाई व्यापार नबनाउन मेडिकल कलेजका लगानीकर्ताहरू सँग डा. अन्जनी झाको आग्रह’


काठमाडौँ – ‘शिक्षा र स्वास्थ्य क्षेत्र व्यापारका माध्यम होइनन्,’ भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अन्जनी झाले यी क्षेत्रहरूमा लगानी गर्नेहरूलाई अत्यधिक लाभको अपेक्षा नराख्न आग्रह गरेका छन्।

बिहीबारदेखि राजधानीमा सुरु भएको तीन दिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको ११औँ राष्ट्रिय सम्मेलन को उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. झाले निजी क्षेत्रका मेडिकल कलेजहरू प्रति संकेत गर्दै सो भनाइ राखेका हुन्।

उनले औषधि पसललाई उदाहरण दिँदै भने, ‘ह्यान्डलिङ चार्जको नाममा १५ प्रतिशतसम्म नाफा लिन पाइन्छ, त्यो सीमा तोकिएको छ। त्यसैगरी शिक्षण संस्था, स्कुल, कलेज, चाहे त्यो साधारण शिक्षा होस् वा मेडिकल एजुकेसन वा अनुसन्धान- सबै क्षेत्रमा फाइदाको सीमा मनमा तोक्नुपर्छ।’

डा. झाले मुलुकमा केही नयाँ प्रयास गर्दा सबैभन्दा पहिले ‘यसबाट फाइदा हुन्छ कि हुँदैन?’ भन्ने सोच हाबी हुने गरेको उल्लेख गर्दै भने, ‘फाइदाको लागि नै गरिन्छ भन्ने सोच बदलिनुपर्छ। शिक्षा र स्वास्थ्यबाट नाफा लिनुपर्ने भन्ने अपेक्षा गर्नुहुन्न, यो व्यापार होइन भन्ने कुरा बुझाउन हम्मे पर्छ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!