पूर्व स्वास्थ्य मन्त्री एवं सांसद दीपक बोहराको निधन

काठमाडौं — पूर्व स्वास्थ्य मन्त्री एवं सङ्घीय सांसद दीपक बोहराको निधन भएको छ । राप्रपा सांसद बोहराको उपचारका क्रममा मङ्गलबार बिहान ओम अस्पताल निधन भएको हो ।
नेपालको राजनीतिमा झन्डै ४ दशकदेखि राप्रपामा क्रियाशिल रहँदै आएका ७४ वर्षीय बोहरा २०३८ सालमा पर्यटन राज्यमन्त्री र पर्यटन सहायक मन्त्री, २०४० सालमा मा पर्यटन राज्य मन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्य मन्त्री, २०४४ मा निर्माण तथा यातायात मन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०७३ सालमा आपूर्ति मन्त्री र २०७४ मा स्वास्थ्य मन्त्री बनेका थिए ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले बोहरा को निधनबाट राप्रपाले समन्वय कारी छवि भएको आफ्नो संस्थापक नेता, रूपन्देहीले विकास प्रेमी लोकप्रिय जनप्रतिनिधि र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको जनाएका छन् ।
२०७७ साल जेठमा कोभीड वाट सङ्क्रमित भएपछि बोहरालाई स्वास्थ्य समस्या देखिएको थियो । यस पछि उनलाई पोस्ट कोभीड लक्षणहरू समेत देखिएको थियो । कोभीड पछि बोहराको स्वरमा परिवर्तन लगायतका समस्या देखिए पछि उनी चुनावी प्रचारमा समेत बोल्न सक्ने अवस्थामा थिएनन् । बोहरा थप उपचारका लागि दिल्ली र न्युयोर्क समेत पुगेका थिए । उनी स्पिच थेरापी समेत लिदै आएका थिए । पछिल्लो समय बोहरा घरमै स्वास्थ्य लाभ गरिरहेका थिए । रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका बोहरा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाणलाई पराजित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस