पेटमा गोली लागेका घाइतेको अवस्था चिन्ताजनक /सात जना गोली लागेर घाइते


काठमाडौँ – राजावादीको प्रदर्शनमा घाइते भएर राष्ट्रिय ट्रमा सेन्टर मा भर्ना रहेका चार जना मध्ये एकको अवस्था चिन्ताजनक रहेको छ। यस्तै गोली लागेका पाँच जना घाइते सिभिल अस्पतालमा भर्ना छन्।

ट्रमा सेन्टर का प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालको अनुसार चार जना मध्ये दुई जनालाई गोली लागेको छ भने दुई जनालाई सामान्य घाउ चोट भएको छ। पेटमा गोली लागेको घाइतेको अवस्था चिन्ताजनक छ र उनलाई आकस्मिक सल्य क्रिया गरिएको छ।

सिभिल अस्पताल मा भर्ना रहेका सबैको कम्मर मुनिको भागमा गोली लागेको र अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

राजावादी आन्दोलनमा नयाँ बानेश्वर, तीनकुनेमा प्रहरीसँगको झडपमा गोली लागेर ७ जना घाइते भएका थिए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!