राजावादीले आगो लगाएको घरमा आगजानीमा परि पत्रकारको जलेर मृत्यु

काठमाडौँ – राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको छ ।
राजावादी प्रदर्शनकारीले तीनकुने स्थित एक घरमा तोडफोड गर्दै आगजनी गरे पछि उक्त घटनाको चौथो तलाबाट भिडियो लिइरहेका पत्रकार रजकको जलेर मृत्यु भएको हो ।
एभीन्युज टेलिभिजन ले टीभीका लागि लाइभ गर्दागर्दै रजक आगोमा परेको बताए । प्रहरीलाई पटक पटक फोन गर्दा पनि समन्वय हुन सकेको टेलिभिजनले जनाएकोछ।
आफूहरू प्रदर्शनको भिडियो खिच्न सँगै घर माथि चढेको र रजक छेउको चारतले घरमा र आफू पाँचतले घरमा रहेको ह्वाइटखबर डटकमका सम्पादक विक्रम श्रेष्ठले बताए । श्रेष्ठले ढुंगामुढा हुन थालेपछि आफूहरू भाग्न सफल भएपनि सुरेश निस्कन नसकेको जनाए ।
नेपाल प्रहरीले तीनकुनेमा आगलागी भएको घरको चौथो तलामा पत्रकार रजकको शव भेटिएको पुष्टि गरेको छ ।
प्रतिक्रिया दिनुहोस