नेत्रज्योति दिवसको अवसरमा विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने


काठमाडौं – नेपालमा आँखा स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउँदै आएको नेपाल नेत्र ज्योति संघले आफ्नो स्थापनाको ४६ वर्ष पूरा गरी ४७ औं वर्षमा प्रवेश गरेको अवसरमा आँखा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिने विभिन्न व्यक्ति तथा संस्थाहरु लाई सम्मान गर्ने निर्णय गरेको छ। संघको स्थापना २०३५ चैत्र १३ गते गैरसरकारी संस्थाको रूपमा भएको थियो।

४७ औं नेत्रज्योति दिवसका अवसरमा संघले लायन्स क्लब इन्टरनेशनल मल्टिपल काउन्सिल ३२५, प्रा.डा. डि.एन साह, प्रा.डा. ताकेसी नाईतो, डा. जुनसुके आकुरा, डा. रघुनन्दन बेन्जु र कृष्णहरी सापकोटालाई नेत्रज्योति सम्मान प्रदान गरिने भएको छ।

यसैगरी, श्यामकुमार पोखरेल, चक्रबहादुर सिंह, श्यामसुन्दर उदास, प्रा.डा. दिलबहादुर क्षेत्री र पद्मनारायण चौधरीलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने निर्णय गरिएको हो।

संघले आफ्नो स्थापनाकालदेखि सन् २०२४ को अन्त्य सम्म कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ। त्यस्तै, ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

विगत ४६ वर्षमा नेपालमा मात्र नभई अन्य विभिन्न देशका नागरिकलाई पनि गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेको संघले आगामी दिनमा अझ बढी प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!