विश्व दृष्टि विज्ञान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौं – आज (२३ मार्च) विश्व दृष्टि विज्ञान दिवस विश्व भर मनाइँदैछ। आँखा स्वास्थ्यका विशेषज्ञहरूले विभिन्न कार्यक्रमको आयोजना गरी जनचेतना अभिवृद्धि गरिरहेका छन्।

नेपालमा पनि आँखा विशेषज्ञ तथा सम्बन्धित संस्था हरूले दिवसलाई विशेष कार्यक्रम सहित मनाइरहेका छन्। यसै क्रममा नेपाल दृष्टिविशेषज्ञ सङ्घले आइतबार राजधानी काठमाडौँ सहित सातै प्रदेशमा प्रभात फेरी तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ।

नेपालमा दृष्टि सम्बन्धी समस्या व्यापक रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। अन्धोपन सम्बन्धी सर्वेक्षणअनुसार नेपालमा दृष्टि गुमाउने प्रमुख कारण दृष्टिदोष रहेको छ।

तथ्यांक अनुसार, बालबालिकामा अन्धोपनको समस्या ८.४ प्रतिशत, वयस्कमा ११.२ प्रतिशत, तथा कारण थाहा नभएका दृष्टिदोषका घटनाहरू करिब ६५ प्रतिशत रहेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!