बुलेटिन, ठुला डाक्टरको फोटो छापेर पैसा कलेक्सन गर्ने काम मात्र नगरौ, वास्तविक स्वास्थ्य पत्रकारिता गरौं : पूर्व राष्ट्रपति डा.रामबरण यादव’

काठमाडौं – पूर्व राष्ट्रपति डा. रामवरण यादवले स्वास्थ्य सञ्चार माध्यमहरूलाई व्यावसायिक लाभ भन्दा पर गएर वास्तविक स्वास्थ्य पत्रकारितामा योगदान दिन आग्रह गरेका छन्। उनले बुलेटिन प्रकाशन तथा ठूला चिकित्सकहरूको फोटो छापेर मात्र आर्थिक संकलन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए।
पूर्व राष्ट्रपति यादवले बुलेटिन छापेर पैसा कलेक्सन गरेर मात्र ठुल ठुला डाक्टरहरुको फोटो छाप्ने काम नगरी वास्तविक स्वास्थ्य पत्रकारिता गर्न स्वास्थ्य पत्रकार र सञ्चार माध्यम लाई आग्रह गरेका हुन ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कको नवौं वार्षिकोत्सव समारोहमा बोल्दै डा. यादवले आम नेपाली नागरिकको हितका लागि स्वास्थ्य सचेतना अभिवृद्धिमा स्वास्थ्य सञ्चार माध्यमहरू अझ बढी क्रियाशील हुनु पर्नेमा जोड दिए। उनले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन स्वास्थ्य सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट पारे।
डा. यादवले स्वास्थ्य पत्रकारिता ‘प्रिभेन्टिभ मेडिसिन’ को अभिन्न हिस्सा बन्नुपर्ने बताउँदै भने, ‘प्रिभेन्टिभ मेडिसिनमा अझै पर्याप्त कार्य हुन सकेको छैन।’
स्वास्थ्य सचिव डा. विकास देवकोटा लाइ औँल्याउँदै उनले निवारक चिकित्सा क्षेत्रलाई समेटेर स्वास्थ्य सञ्चार माध्यमहरूलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरे।
डा.यादवले मधेश प्रदेशमा दर्ताविहीन नर्सिङ होम तथा अस्पतालहरूको बृद्धि प्रति चिन्ता व्यक्त गर्दै यसले स्वास्थ्य सेवाको स्तरलाई प्रभावित पार्न सक्ने चेतावनी दिए। साथै, चिकित्सा सेवालाई बदनाम गर्ने गलत अभ्यास प्रति गहिरो चिन्ता व्यक्त गरे। स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य सुधारका लागि बहु क्षेत्रीय प्रयास आवश्यक रहेको बताए।
राष्ट्रिय हेल्थ अवार्ड वितरण
स्वास्थ्य दर्पण मिडिया को नवौं वार्षिकोत्सवको अवसरमा पूर्व राष्ट्रपति डा. राम वरण यादवले २४ व्यक्ति र संस्था लाइ कदर पत्र सहित राष्ट्रिय हेल्थ अवार्ड वाट सम्मान गरे ।
सम्मानित हुनेमा कोशी प्रदेशबाट वरिष्ठ फिजिसियन डा. पिताम्बर ठाकुर, मधेश प्रदेशबाट वरिष्ठ मृगौला विशेषज्ञ डा. चितरञ्जन शाह र वरिष्ठ मुटु रोग विशेषज्ञ, डा.राजेश कुमार शाह, बागमती प्रदेशबाट वरिष्ठ मुटु रोग विशेषज्ञ अवनिभुषण उपाध्याय , वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा शंकर मान राई, वरिष्ठ प्याथोलोजिष्ट प्रा.डा विदुर प्रसाद वस्ती र वागमती प्रदेशका स्वास्थ्य सचिव डा.सुमित्रा गौतम, वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. सुदीपराज केसी र वरिष्ठ फिजिसियन डा.गोविन्द कंडेल, रहेका छन् ।
यस्तै गण्डकी प्रदेशबाट वरिष्ठ सर्जन प्रा.डा नरेन्द्र विक्रम गुरुङ्ग, लुम्बिनी प्रदेशबाट वरिष्ठ चिकित्सक लेखराज सुवेदी र वरिष्ठ मुटु रोग विशेषज्ञ डा. लक्ष्मण दुवे, कर्णाली प्रदेशबाट वरिष्ठ बालरोग विशेषज्ञ डा.नवराज केसी सम्मानित भएका हुन ।
यस्तै अमेरिका रहेर मेडिकल चिकित्सक तथा सामाजिक अभियन्ता डा. केशव पौडेल, स्वास्थ्य कर्मी विधाबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख नारायण बहादुर कार्की, रोल्पाबाट तुलसा राना , मनाङ्गबाट विष्णु प्रसाद यादव, चितवनबाट छाया श्रेष्ठ ,दार्चुलाबाट दानसिंह, भण्डारी र सञ्चार क्षेत्रबाट नेपाल टेलिभिजन वरिष्ठ पत्रकार शालिक सुवेदीलाई सम्मान गरिएको हो ।
स्वास्थ्य संस्था तर्फ सम्मानित हुनेमा धुलिखेल नगरपालिका, काभ्रेपलान्चोक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, कास्की, नेपाल मधुमेही समाज काठमाडौं, भुम्लु गाउ पालिका काभ्रेपलान्चोक रहेको स्वास्थ्य दर्पण का अध्यक्ष एवं प्रधान सम्पादक सन्दीप कुमार श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस