तेह्रौं ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन शुरु, रविन थापा लाई निक साईमन्स अवार्ड’

काठमाडौं– जनस्वास्थ्य निरीक्षक रविन थापा यो वर्षको ‘निक साईमन्स अवार्ड २०२४’, प्रदान गरिएको छ । धादिङ, ज्वालामुखी गाउ पालिका स्थित ढाला हेल्थ पोष्टका पब्लिक हेल्थ इन्स्पेक्टर थापा लाई लामो समय देखि ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेकोले मङ्गलवार देखि शुरु भएको तिन दिने ‘तेह्रौं ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन’, मा सम्मानित गरिएको हो ।
स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा शुरु भएको सम्मेलनमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले थापा लगायत ग्रामीण क्षेत्रमा कार्यरत पाँच जना स्वास्थ्य कर्मी लाई सम्मानित गरेका हुन ।
यसरी सम्मानित हुनेहरूमा सिअहेब हरिकृष्ण जोशी, गंगा दहाल, सिअहेब कमल कुमार भंडारी, सिअहेब अमरबहादुर सहकारी रहेका छन । ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरूलाई सम्मान र उनीहरूले भोगी रहेका समस्या समाधान गर्ने उद्देश्यले यो सम्मेलन विगत १७ वर्ष देखी निक साइमन्स इन्स्टिच्युटले आयोजना गर्दै आएको छ ।
यो सम्मेलन ग्रामीण स्वास्थ्य कर्मीहरूको अतुलनीय योगदान लाई समर्पित रहेको निक साइमन्स इन्स्टिच्युटका कार्यकारी निर्देशक डा.अर्चना अमात्यले बताइन ।
डा. अमात्यको अनुसार ग्रामीण क्षेत्रमा रहेर काम गर्ने स्वास्थ्य कर्मीहरूलाई हौसला प्रदान गर्ने र उनीहरूलाई माथि उठाउन, निरन्तर मेडिकल शिक्षा प्रदान गर्न, सरकारी पद्धतिको बारेमा छलफल गर्नको लागि फोरम प्रदान गर्ने र स्वास्थ्य कर्मीहरू, सरकारी निकाय र एनएसआई बीच भविष्यमा सञ्जालको सम्भावनाको खोजी गर्ने यो सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा मुलुकका ५० वटा जिल्लाका ९९ जना ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका स्वास्थ्य कर्मीहरू (प्यारामेडिक्स ५७, नर्स ३० र डाक्टर १२ जना) को सहभागिता छ ।
यस्तै सात वटै प्रदेशका स्वास्थ्य सचिव, स्वास्थ्य निर्देशक तथा स्वास्थ्य सेवा विभाग अन्तर्गतका विभिन्न विभागका निर्देशकहरूको समेत सहभागिता छ ।
पूर्व स्वास्थ्य मन्त्री एवं निक साइमन्स इन्स्टिच्युटका बोर्ड अध्यक्ष विद्याधर मल्लिकले श्रोत व्यवस्थापनको चुनौती बीच इन्स्टिच्युट नेपालका ग्रामीण स्वास्थ्य उत्थान को क्षेत्रमा निरन्तर कार्यरत रहेको बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटाले मुलुकमा स्वास्थ्य बजेटमा केही कमी आइ रहेको समय र युएसएड को बजेट कटौती हुने अवस्थामा निक साइमन्स इन्स्टिच्युट जस्तो संस्था र अन्यले सहयोग बढाउनु पर्ने बताए ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ग्रामीण स्वास्थ्य उत्थानको क्षेत्रमा निक साइमन्सको योगदान उल्लेख्य रहेको बताए । साइमन परिवारले आफ्नो व्यक्तिगत सम्पत्ति वाट नेपालको ग्रामीण स्वास्थ्य उत्थानको लागि गरिरहेको सहयोगलाई को प्रसंसा गरे ।
निक साइमन्स इन्स्टिच्युटले विगत १९ वर्ष देखी नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस