स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रघुराज काफ्ले नियुक्त भएका छन् । मन्त्रि परिषद्को सोमबारको बैठकले व्यास-५, तनहुँका काफ्लेलाई बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस अघि, स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशक पदका लागि नाम सिफारिस समितिले छनोट गरेका तीन उम्मेदवारमध्ये काफ्लेसहित डा. कृष्ण अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा प्रस्ताब गरेको थियो। अन्ततः मन्त्रिपरिषद्ले काफ्लेलाई छनोट गरेको हो।
काफ्लेले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्। उनी यस अघि वैदेशिक रोजगार बोर्डको कार्यकारी प्रमुखका रूपमा चार वर्ष र गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षका रूपमा १९ महिना कार्यरत थिए।
पछिल्लो समय काफ्ले स्वास्थ्य मन्त्री प्रदीप पौडेलको समूहमा रहेर काम गर्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस