वीर अस्पतालमा दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु


काठमाडौं – बिरामीहरूको बढ्दो चापलाई ध्यानमा राख्दै वीर अस्पतालले अब दुई सिफ्टमा सल्यक्रिया सेवा सञ्चालन थालेको छ।

अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य शल्यक्रिया सेवा बिहान र दिउँसो गरी दुई सिफ्टमा विस्तार गरेको हो।

अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमका अनुसार, बिरामीहरूलाई समयमै उपचार उपलब्ध गराउन दुई सिफ्टमा शल्यक्रिया सेवा थालिएको हो।यस अघि, अस्पतालमा केवल एक सिफ्टमा मात्र शल्यक्रिया सेवा दिइँदै आएको थियो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिए सँगै वीर अस्पतालले पनि शल्यक्रिया सेवा विस्तार गरेको हो।

अस्पतालले आवश्यक जनशक्ति र स्रोत साधनको व्यवस्थापन गर्दै चरणबद्ध रूपमा अन्य सेवाहरूलाई पनि दुई सिफ्टमा लैजाने योजना बनाएको जनाएको छ।

हाल चाप धेरै भएका केही सेवा दुई सिफ्टमा सञ्चालन भएको र आगामी दिनमा अरू सेवाहरू पनि सोही अनुसार विस्तार गरिने डा. गौतमले जनाए ।

दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु भए सँगै बिरामीहरूलाई लामो समय कुर्नु पर्ने समस्या कम हुने विश्वास गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!