चिकित्सक सङ्घको ७५औं स्थापना दिवस विशेष कार्यक्रम सहित मनाइने


काठमाडौं – नेपाल चिकित्सक सङ्घले आफ्नो ७५औं स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाउने भएको छ । यस वर्ष ‘नेपालको लागि नेपाली चिकित्सक’, भन्ने मूल नाराका साथ फागुन २० गते संघको केन्द्रीय कार्यालय द्वारा राजधानी मा विशेष कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा राष्ट्रपतिको प्रमुख आतिथ्य रहनेछ ।

नेपालमा प्रजातन्त्रको स्थापना पछि चिकित्सकहरूको हक हितको प्रवर्द्धन गर्ने उद्देश्यले २०१३ साल फागुन २० गते नेपाल चिकित्सक सङ्घ स्थापना गरिएको थियो । त्यस यता हरेक वर्ष यो दिनलाई नेपाली चिकित्सकहरूको एकताको प्रतीकका रूपमा नेपाल चिकित्सक दिवस को रूपमा मनाइँदै आएको छ ।

स्वदेशी चिकित्सकहरूको भूमिकालाई उजागर गर्ने दिवस 

यस वर्षको चिकित्सक दिवसको मुख्य उद्देश्य नेपालका चिकित्सकहरूको योगदान, समर्पण र भूमिकालाई उजागर गर्नु हो । देश भरका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा सीमित स्रोत साधनको बाबजुद अहोरात्र खटेर काम गरिरहेका चिकित्सकहरू स्वास्थ्य सेवा प्रणालीका मेरुदण्ड हुन् । ग्रामीण क्षेत्र देखि शहरी अस्पताल सम्म, प्राकृतिक प्रकोप देखि महामारी सम्म, नेपाली चिकित्सकहरू अग्र पङ्क्तिमा रहेर सेवा दिँदै आएका छन् ।

हाल नेपाली चिकित्सकहरूको एक ठूलो सङ्ख्याले उच्च शिक्षा तथा अनुभवका लागि विदेश जाने प्रवृत्ति बढ्दै गएको छ । स्वदेश मै योग्य चिकित्सकहरूलाई टिकाइ राख्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको चिकित्सक सङ्घले बताएको छ । साथै, विदेशमा कार्यरत दक्ष नेपाली चिकित्सक हरूलाई स्वदेश फर्केर सेवा दिन प्रोत्साहित गर्नु पर्नेमा सङ्घले जोड दिएको छ ।

नीति गत सुधार र पूर्वाधार विकासको आवश्यकता 

नेपालमा गुण स्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकारले चिकित्सा क्षेत्रमा आवश्यक नीति गत सुधार, लगानी र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने चिकित्सक सङ्घले जनाएको छ । सङ्घले आत्म निर्भर स्वास्थ्य प्रणाली निर्माणका लागि ‘नेपालको लागि नेपाली चिकित्सक’, भन्ने भावनालाई आत्मसात् गर्न समेत आग्रह गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!