तालु खुइलिने रहस्यः भारत, महाराष्ट्रको बुलढाणा जिल्लामा कपाल झर्ने कारण थाहा पाइयो

नयाँ दिल्ली (ब्यूरो) – छिमेकी मुलुक भारतको महा राष्ट्र राज्यको बुलढाणा जिल्लाका केही गाउँहरूमा गत वर्ष डिसेम्बर महिनामा एउटा अनौठो समस्या देखियो, जहाँ बच्चा देखि बुढापाका सम्मका टाउकोका कपाल अचानक झर्न थाल्यो । यस घटनाले पुरै क्षेत्रमा त्रास र चिन्ताको माहौल सिर्जना गर्यो ।
मात्र केही दिनमै सयौं मानिसहरू यस समस्या बाट प्रभावित भए, जसले गाउँहरूमा हलचल मच्चियो । यस समस्याको कारण पत्ता लगाउन स्थानीय प्रशासन र स्वास्थ्य विशेषज्ञहरूको टोलीले हावा, पानी, माटो र प्रभावित व्यक्तिहरूका कपालका नमुना संकलन गरी परीक्षणका लागि पठाए । अब परीक्षण रिपोर्टमा आएको खुलासा चकित पार्ने खालको छ ।
परीक्षण रिपोर्टमा भएको खुलासा
परीक्षणका नतिजाहरूको अनुसार, स्थानीय मानिसहरूले उपभोग गरेको गहुँ नै कपाल झर्ने समस्याको मुख्य कारण देखियो । यो गहुँ सरकारी पसलहरूबाट प्राप्त गरिएको थियो, जुन पंजाब र हरियाणा राज्यबाट ल्याइएको थियो । यस गहुँमा सेलेनियमको मात्रा अस्वाभाविक रूपमा बढी पाइयो, जो कपाल झर्ने प्रमुख कारण बन्यो ।
सेलेनियम के हो?
सेलेनियम एउटा खनिज पदार्थ (मिनरल) हो, जुन प्राकृतिक रूपमा माटो, पानी र खानामा पाइन्छ । यद्यपि, मानव शरीरलाई यसको धेरै कम मात्राको आवश्यकता हुन्छ । जब शरीरमा सेलेनियमको मात्रा बढी हुन्छ, त्यस लाई सेलेनोसिस भन्ने समस्याका रूपमा चिनिन्छ । सेलेनोसिसका कारण व्यक्तिलाई विभिन्न समस्याहरू देखा पर्न सक्छ, जस्तैः
- अत्यधिक कपाल झर्ने
- थकान र झर्को पन
- नङहरूको बिग्रनु
- पेट सँग सम्बन्धित समस्याहरू
तालु खुइलिने भाइरसः मिथ्या कि साचो?
जब यो समस्या फैलियो, स्थानीय मानिसहरूमा विभिन्न हल्लाहरू फैलिन थाले। केहीले यो कुनै फंगल इन्फेक्सनका कारण भएको भने भने केहीले हावा र पानीमा विषाक्त तत्वहरूको असर बताए । त्यस्तै, केहीले यसलाई टकला (तालु खुईलिने) भाइरस नाम दिएर हल्लाहरू छिटो फैलाए ।
यस समस्याबाट प्रभावित करिब ३०० जनाका टाउकोका कपाल पूर्ण रूपमा झरिसकेको थिए, जसले गर्दा डराएका धेरै मानिसहरूले आफ्ना टाउको मुण्डन गर्न थाले ।
स्वास्थ्य विशेषज्ञ र अनुसन्धान कर्ताहरूको राय
स्वास्थ्य विशेषज्ञहरूले प्रभावित व्यक्तिहरूको जाँच गर्दा उनीहरू कपाल झर्ने समस्याबाट मात्र नभई अन्य लक्षणहरूबाट पनि पीडित भएको पाइयो । ती लक्षणहरूमाः
- टाउको दुखाइ
- ज्वरो
- छाला चिलाउने
- शरीर झनझनाउने अनुभूति
- वान्ता र पखाला जस्ता समस्याहरू समावेश थिए।
विशेषज्ञहरू ले परीक्षणमा पत्ता लगाए कि यो समस्या को लागि बाहिरबाट आएको गहुँ नै मूल कारण थियो, जसमा स्थानीय गहुँको तुलनामा ६०० गुणा बढी सेलेनियम पाइयो । साथै, प्रभावित व्यक्तिहरूमा जिंकको पनि निकै कमी देखियो, जसका कारण उनीहरूको प्रतिरक्षा प्रणाली कमजोर भएको थियो।
विशेषज्ञहरूको अनुसार महाराष्ट्रको बुलढाणा जिल्लामा कपाल झर्ने यो घटनाको कारण कुनै भाइरस नभई अत्याधिक सेलेनियम भएको गहुँ थियो । ‘टकला’ भाइरस जस्ता हल्लाहरू केवल भ्रम फैलाउने काम मात्र गरेका थिए । स्थानीय स्वास्थ्य विभागले अब यस समस्या बाट जुध्न आवश्यक कदम चाल्न थालेको छ, जसले भविष्यमा यस्ता घटनाहरू रोक्न मद्दत गर्नेछ ।
यस घटनाले प्रमाणित गर्यो कि उपभोग गर्ने खाद्य पदार्थहरूको गुणस्तरको नियमित परीक्षण अत्यन्त आवश्यक छ, अन्यथा यसले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।
प्रतिक्रिया दिनुहोस