चिकित्सक संघको आन्दोलन स्थगित, नियमित सेवा सुचारु गर्न आह्वान


काठमाडौं – नेपाल चिकित्सक संघले आफ्ना विभिन्न मागहरू सम्बोधन गर्न सरकार सहमत भए पछि आन्दोलन का सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि नेपाल सरकार सँगको निरन्तर वार्ता पश्चात् चिकित्सक संघका मागहरू सम्बोधन गर्न सरकार सहमत भएकाले विरोध का कार्यक्रमहरू रोक्ने निर्णय लिइएको हो।

यस सँगै संघले आफ्ना शाखा कार्यालयहरू, देश भरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई पूर्व निर्धारित विरोधका कार्यक्रमहरू अघि नबढाउन आग्रह गरेको छ। साथै, संघले नियमित स्वास्थ्य सेवा पुनः सुचारु गर्न चिकित्सक समुदायलाई आह्वान गरेको छ।

चिकित्सक संघका अनुसार, आफ्ना जायज माग हरूको उचित सम्बोधन गराउन संघले निरन्तर छलफल र पहल जारी राख्ने प्रतिबद्धता व्यकत गरेको छ।

संघले सरकारले दिएको आश्वासन कार्यान्वयन भएको सुनिश्चित गर्न निरन्तर निगरानी गर्ने बताएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!