मौसमी परिवर्तनमा स्वास्थ्यको ख्याल राखौ: आयुर्वेदिक औषधि ज्वानो को महत्त्व


मौसमी परिवर्तन प्रायः चुनौतीपूर्ण हुन्छ, जसका कारण रूघा, खोकी, ज्वरो र घाँटी दुख्ने समस्या देखिन सक्छ। यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल राख्नु आवश्यक हुन्छ।

यदि तपाईंलाई पनि यस्ता समस्याहरू देखिएका छन् भने, घरमै रहँदै प्रभावकारी उपचार गर्न सकिन्छ।भान्सा मा पाइने ज्वानो बाट औषधीय काढा बनाएर, स्वास्थ्य जोगाउन सकिन्छ र मौसमी संक्रमणबाट बच्न मद्दत मिल्छ। आउनुहोस्, जानौं कसरी ज्वानो मौसमी संक्रमणहरू बाट जोगाउन मद्दत गर्छ।

ज्वानोका औषधीय गुणहरू

आयुर्वेदका अनुसार, ज्वानोमा एन्टिब्याक्टेरियल, एन्टिफंगल र एन्टिभाइरल गुण हुन्छन्, जसले यसलाई एक शक्तिशाली औषधि बनाउँछ।

ज्वानो स्वादमा केही तिखो भए तापनि, यो भारतीय तथा नेपाली भान्सामा महत्त्वपूर्ण मसला मानिन्छ।यसको प्रयोग अचार, पराठा, रोटी, पूरिमा गरिन्छ। तर, यो केवल स्वादका लागि मात्र नभई यसको अद्भुत औषधीय गुणहरूको लागि पनि प्रसिद्ध छ।

यसबाट बनाइने काढा रूघा, खोकी, घाँटी दुख्ने समस्या, ज्वरो तथा अन्य संक्रमणहरूको उपचारमा प्रभावकारी मानिन्छ।

ज्वानोको काढा बनाउने विधि

ज्वानोको काढा बनाउन भान्सामा उपलब्ध केही सामान्य सामग्रीको आवश्यकता पर्छ। यो काढा मौसमी संक्रमणबाट बच्न र प्रतिरक्षा प्रणाली (इम्युनिटी) बलियो बनाउन सहयोग गर्छ।

आवश्यक सामग्री

  • २ चम्चा ज्वानो
  • ३-४ तुलसीका पातहरू
  • १ सानो चम्चा कालो मरिच
  • ४-५ लसुनका पोटा (कुटेको)
  • १ चम्चा मह (सेवनका लागि)

बनाउने विधि

  • एक भाँडोमा १-१.५ कप पानी राखेर तताउन सुरु गर्नुहोस्।
  • त्यसमा ज्वानो, तुलसीका पातहरू, कालो मरिच र कुटेको लसुन राख्नुहोस्।
  • मिश्रणलाई ५-७ मिनेटसम्म राम्ररी उमाल्नुहोस्।
  • जब पानी राम्रोसँग उम्लेर आधा भाग जति बन्छ, तब आगोबाट हटाउनु होस्।
  • सेवन गर्नुअघि मह मिसाउनुहोस्।
  • ध्यान दिनुहोस् कि मह उम्लिरहेको काढामा हाल्नुहुँदैन, किनभने यसले यसको औषधीय गुणलाई कम गर्न सक्छ।
  • तातो तातो सेवन गर्नुहोस्।

कति पटक सेवन गर्ने?

छिटो असर देखाउनका लागि यो काढा दिनमा दुई पटक (बिहान र राति) पिउन सकिन्छ। यसले सर्दी-खोकी कम गर्न मद्दत गर्छ र शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउँछ।

मौसमी संक्रमणहरूबाट जोगिन स्वस्थकर खानपान, पर्याप्त आराम र घरेलु उपचारलाई जीवन शैलीमा समावेश गर्नु अत्यन्त आवश्यक हुन्छ। ज्वानोको काढा प्राकृतिक औषधिको रूपमा उपयोगी हुने भएकाले यसको नियमित सेवन गर्नु लाभदायक हुनेछ।(आयुर्वेद का चिकित्सकद्वारा चिकित्सा समीक्षा गरीएको स्वास्थ्य सामाग्री )


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!