रोल्पाअस्पताल मा पहिलो एपेन्डिक्स को शल्य क्रिया

रोल्पा — रोल्पा अस्पतालमा पहिलोपटक एपेन्डिक्सको अप्रेसन गरिएको छ । अस्पतालका एमडीजीपी डा. रणबहादुर बोगटीको नेतृत्वको चिकित्सक टोलीले रोल्पा नगरपालिका कि २४ वर्षीया महिलाको शनिवार सफल शल्यक्रिया गरेको हो ।
अस्पताल को अनुसार शल्यक्रिया टोलीमा अस्पतालका डा. प्रकाशबहादुर बुढा, डा. आधार वली समेत संलग्न थिए ।
ललितपुर स्थित निक साइमन्स इन्स्टिच्युट (एनएसआई)ले एक वर्षअघि डा. बोगटीलाई विशेषज्ञ चिकित्सकका रूपमा रोल्पा अस्पताल पठाएको थियो ।
यति मात्र नभई डा. बुढा, डा. वलीसहित ५ जना स्वास्थ्यकर्मीलाई समेत एनएसआईले अस्पतालमा खटाएको हो ।

प्रतिक्रिया दिनुहोस