नेपालमा पहिलो पटक ‘अलकापा’ शल्यकृया सफल


काठमाडौं – नेपालमा पहिलो पटक एक नौ महिनाका बालकमा ‘अलकापा’ (ALCAPA) शल्यकृया सफलतापूर्वक सम्पन्न भएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सक हरूले यो जटिल शल्यकृया सफलतापूर्वक सम्पन्न गरेका हुन्।

‘अलकापा’ anomalous left coronary artery originating from Pulmonary artery भनेको मुटुको रक्त सञ्चार गर्ने मूल नशा (left coronary artery) एओर्टाबाट निस्कनु पर्नेमा गल्तीवश पल्मोनरी आर्टरी (Pulmonary artery) बाट निस्कने अवस्थालाई बुझाउँछ। यस अवस्थामा मुटुमा आवश्यक मात्रामा रगत पुग्न नसक्दा मुटुको मांशपेशी कमजोर हुँदै जान्छ।

उक्त बालकको मुटुको खुम्चिने शक्ति (Ejection Fraction) अत्यन्तै कम भई १०-१५% मा झरि सकेको थियो। औषधि उपचार पश्चात यो २५% सम्म बढे पछि शल्यकृया गर्ने निर्णय गरिएको थियो ।सामान्यतः यो शक्ति ६०% को हाराहारीमा रहनु पर्छ ।

डा. रवीन्द्र भक्त तिमला को नेतृत्व को चिकित्सा टोलीले सफल शल्यकृया गरी बालकको रक्त सञ्चार प्रणाली लाई सुधार गरेको छ । शल्य कृया पश्चात बालकको मुटुको खुम्चिने शक्ति ३५% सम्म पुगेको छ र आगामी दिनहरूमा थप सुधार हुने अपेक्षा गरिएको छ।

यो यस प्रकृतीको पहिलो सफल शल्यकृया हुनुको साथै सबै भन्दा कम खुम्चिने शक्ति (Ejection Fraction) भएको मुटुको शल्यकृया समेत भएको डा. तिमलाले बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!