अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार सुरु

काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य को उपचार कीर्तिपुर स्थित बर्न अस्पतालमा सुरु भएको छ।
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि उनीहरू घाइते भएका थिए । उक्त दुर्घटनामा अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो ।
अर्थमन्त्री पौडेललाई सम्भावित स्वास प्रश्वास जन्य जलन रहेकोले निगरानी आवश्यक रहेको उपचारमा संलग्न डा.किरण नकर्मीले बताए।
लगत्तै उनीहरू लाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याएर कीर्तिपुर स्थित बर्न अस्पताल भर्ना गरिएको छ ।
कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पतालमा प्राथमिक उपचार गरेर काठमाडौं पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस