गर्मीमा बेलको सर्बत लाभदायक

गर्मी मौसममा बेलको सेवन निकै फाइदाजनक हुन्छ । यसको प्रभाव शीतलता समेत हो र यसले शरीरलाई गर्मीको प्रभावबाट बचाउने काम गर्छ। गर्मी मौसममा मघेश तिर प्रायः मानिसहरु बेल को सर्बत बनाएर पिउने गर्छन् ।
यसमा ट्यानिन, क्याल्सियम, फस्फोरस, फाइबर, प्रोटिन र आइरन जस्ता पोषक तत्वहरू पाइन्छ।
के गर्छ वेल ले
पेटको समस्या हटाउन – तपाईलाई बारम्बार ग्यास, कब्जियत, पेट भारी हुनु जस्ता पेटको समस्या छ भने बेलको सेवन गर्नु फाइदाजनक हुन्छ । बेलले पेटको गर्मीलाई शान्त पार्छ र यी समस्याबाट मुक्ति दिन्छ।
तौल घटाउन– यदि कुनै व्यक्ति आफ्नो तौल घटाउन चाहन्छ भने उसलाई बेलको सर्बत पिउनु फाइदाजनक हुन्छ । बेलमा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसलाई पिएपछि तपाईलाई धेरै आराम मिल्छ र तपाईको पेट लामो समयसम्म भरिएको हुन्छ ।
डिहाइड्रेसनमा – गर्मीको मौसममा मानिसहरू प्रायः डिहाइड्रेसनको शिकार हुन्छन्। यस्तो अवस्थामा बेलको सर्बत पिउनु निकै फाइदाजनक हुन्छ । जसले गर्दा शरीरमा पानीको कमी पूरा हुन्छ र गर्मीबाट बच्न सकिन्छ ।
उच्च रक्तचापका रोगीहरूका लागि – यदि कुनै व्यक्तिलाई उच्च रक्तचापको समस्या छ वा कोलेस्ट्रोलको स्तर उच्च छ भने, यस्तो अवस्थामा बेल सर्बत धेरै लाभदायक हुन्छ।
मधुमेहको समस्या – मधुमेहका बिरामीलाई बेलको सर्बत पिउनु फाइदाजनक हुन्छ । यसमा लेक्जेटिभ (रेचक ) हुन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रण राख्न मद्दत गर्छ।
अस्वीकरण: यो सामग्री, सल्लाह सहित, सामान्य जानकारी मात्र प्रदान गर्दछ। यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन। थप विवरणहरूको लागि सधैं एक विशेषज्ञ वा डाक्टरसँग परामर्श गर्नुहोस्। नेपालहेल्थप्रेसले यस जानकारीको लागि जिम्मेवारी दावी गर्दैन।

प्रतिक्रिया दिनुहोस