पिस्ताः एक अद्वितीय गुणकारी ड्राइ फ्रुट


पिस्ता मात्र स्वादिष्ट स्न्याक्स होइन, यसले हाम्रो शरीरलाई विविध स्वास्थ्य लाभ दिन्छ। यसको दैनिक सेवनले शरीरका विभिन्न अङ्गहरूको कार्य क्षमता सुधार्न सहयोग गर्दछ ।

पिस्ता स्वास्थ्यका लागि बहुपक्षीय लाभ प्रदान गर्ने ड्राइ फ्रुट हो। यो मुटु देखि क्यान्सर सम्मका जोखिमलाई कम गर्न, पाचन सुधार गर्न, छालाको चमक कायम राख्न, र तौल नियन्त्रण गर्न मद्दत गर्दछ ।

यो दैनिक आहारमा समावेश गर्न सजिलो, स्वादिष्ट, र पोषणले भरिपूर्ण हुन्छ । तर, यसको सेवन सन्तुलित मात्रामा गर्नु उचित हुन्छ, किनकी अत्याधिक सेवनले उल्टो असर गर्न सक्छ। यहाँ पिस्ताका प्रमुख स्वास्थ्य फाइदाहरूलाई अझ विस्तारमा प्रस्तुत गरिएको छ ।

मुटु स्वास्थ्यको लागि उपयोगी

पिस्तामा मोनोस्याचुरेटेड फ्याटी एसिड पर्याप्त मात्रामा पाइन्छ, जसले मुटु लाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ । यसले शरीरमा खराब कोलेस्ट्रोल (एलडीएल) कम गर्न र राम्रो कोलेस्ट्रोल (एचडीएल) बढाउन सहयोग पुर्याउँछ । हृदय घात र स्ट्रोक जस्ता समस्या कम गर्न पिस्ताको सेवन लाभदायक मानिन्छ ।

आँखाको स्वास्थ्य सुधार

पिस्तामा प्रशस्त मात्रामा भिटामिन ई र ल्युटिन पाइन्छ। यी एन्टिअक्सिडेन्टले आँखालाई हानिकारक युएभी किरणहरूबाट जोगाउँछ र म्याकुलर डिजेनरेशन जस्ता आँखाका समस्या टाढा राख्छ। यसले आँखा स्वस्थ राख्न आवश्यक पोषण प्रदान गर्दछ।

पाचन प्रक्रियाको सुधार

पिस्ता डाइटरी फाइबरको राम्रो स्रोत हो, जसले पाचन क्रियालाई सशक्त बनाउँछ। फाइबरले आन्द्रामा गुड गट ब्याक्टेरिया बढाउन मद्दत गर्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्छ। पिस्ताको नियमित सेवनले कब्जियत जस्ता समस्याबाट राहत दिलाउन सक्छ।

रक्तमा चिनीको नियन्त्रण

पिस्ता लो ग्लाइसेमिक फुड भएकाले यो रक्तमा चिनीको स्तर नियन्त्रण गर्न प्रभावकारी मानिन्छ। मधुमेह भएका व्यक्तिहरूको लागि यसको सेवन विशेष रूपमा उपयोगी हुन्छ। अध्ययनहरूले देखाएको छ कि पिस्ताको नियमित सेवनले कार्बोहाइड्रेटको पाचन दरलाई सन्तुलित गर्दै रगतमा चिनीको मात्रालाई स्थिर राख्छ।

क्यान्सरको जोखिम घटाउन सहयोगी

पिस्तामा पाइने गामा टोकेफेरोल नामक एन्टिअक्सिडेन्टले फोक्सो र अन्य प्रकारका क्यान्सरको जोखिमलाई कम गर्न सहयोग पुर्याउँछ। अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्चका अनुसार पिस्ताको सेवनले शरीरलाई फ्री र्‍याडिकल्सबाट सुरक्षित राख्छ, जसले क्यान्सरको जोखिमलाई न्यून बनाउँछ।

उमेर वृद्धिका असर कम गर्न उपयोगी

पिस्तामा रहेको एन्टिअक्सिडेन्टले अक्सिडेटिभ तनावलाई कम गर्छ, जसले उमेर वृद्धि सँग सम्बन्धित समस्याहरूलाई घटाउन मद्दत गर्छ। यसले छालाको चमक कायम राख्छ र च्याउरीहरू कम गर्न सहयोग पुर्याउँछ।

पोषणको खजाना

पिस्ता विभिन्न पोषक तत्वहरूको खजाना हो । १०० ग्राम पिस्तामा १९.३ ग्राम प्रोटिन, १४ मिलिग्राम आइरन, र १४० मिलिग्राम क्याल्सियम पाइन्छ । आइरनले रगतमा अक्सिजनको वहन क्षमतामा सुधार ल्याउँछ र शरीरलाई ऊर्जा दिन्छ।

तौल र भोकको नियन्त्रण

पिस्ताले भोकलाई उत्तेजित गर्ने हर्मोनको सन्तुलन कायम राख्न मद्दत गर्दछ। यसले तौल नियन्त्रणमा सहयोग गर्छ, किनकी यसमा कम क्यालोरी र पर्याप्त फाइबर हुन्छ, जसले लामो समय सम्म पेट भरिएको महसुस गराउँछ।

ब्लड लिपिड सन्तुलनमा सुधार

पिस्ताले रक्तको लिपिड प्रोफाइल सुधार गर्न महत्वपूर्ण भूमिका खेल्छ। यसले खराब बोसोको मात्रा घटाउँछ र शरीरलाई स्वस्थ बोसो प्रदान गर्दछ।

मधुमेह र एनर्जी म्यानेजमेन्ट

पिस्ता बदामलाई अन्य कार्बोहाइड्रेटयुक्त खाना साग खानाले शरीरमा कार्बोहाइड्रेटको पाचन प्रक्रिया नियन्त्रित हुन्छ। यसले मधुमेह नियन्त्रणका लागि विशेष रूपमा सहयोग पुर्याउँछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!