अस्पतालजन्य फोहरको उचित व्यवस्थापन अत्यावश्यक

बिराटनगर – विज्ञहरू ले अस्पतालमा फोहोरको उचित व्यवस्थापन हुन नसके विरामीहरुमा विभिन्न संक्रमण फैलने, चोटपटक लाग्न सक्ने मात्र नभइ गम्भीर रोग निम्तिने खतरा समेत रहेकोले फोहोर व्यवस्थापनलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन।
नोबेल शिक्षण अस्पतालमा अध्ययनरत बीएनएस चौथो बर्षका विद्यार्थीहरु द्वारा आयोजित कार्यशालामा विज्ञहरुले उक्त आग्रह गरेका हुन ।
नोबेलका नर्सिङ्ग डाइरेक्टर निलम झा ले अस्पताल जन्य फोहर को उचित व्यवस्था पन नभए यसले स्वास्थ्य संस्था मा रहेका विरामी संगै अन्य नागरिक को स्वास्थ्य मा समेत प्रतिकुल असर पार्ने वताइन ।
कार्यशालामा अस्पतालजन्य फोहोरलाई बर्गिकरण गरेर बेग्ला–बेग्लै डस्टबिनमा राख्ने र व्यवस्थापन गर्ने विधि वारे समेत विस्तृत रुपमा बताईएको थियो ।
बीएनएस चौथो बर्षका कोअर्डिनेटर सिता चापागाई लगायतले फोहोर व्यवस्थापनको राष्ट्रिय अभ्यासका बारेमा समेत जानकारी गराएकाथिए ।
हाल नोवेलमा बायो मेडीकल वेस्ट मेनेजमेन्ट अन्तर्गत कुहिने फोहोर, नकुहिने फोहोर, संक्रमित फोहोर, धारिलो फोहोर, औषधि जन्य फोहोर, प्याथोलोजी फोहोर, साइटोटक्सिक फोहोर, रेडियोधर्मी फोहोर र रसायनिक फोहोरको बेग्ला बेग्लै डस्विन प्रयोग गरेर व्यवस्थापनको अभ्यास गरिएको बताइयो ।

प्रतिक्रिया दिनुहोस