कोशी अस्पतालको प्रयोगशाला सेवा अब बाहिरी बिरामीका लागि पनि उपलब्ध


विराटनगर– कोशी अस्पताल, विराटनगरले बाहिरी बिरामीहरूलाई लक्षित गर्दै आफ्नै प्रयोगशालाबाट सेवा दिन सुरु गरेको छ । यस व्यवस्थाले अस्पताल बाहिरका बिरामीहरू ले पनि सरकारी दरमा गुण स्तरीय परीक्षण सेवा प्राप्त गर्न सक्नेछन् ।

पहिला कोशी अस्पतालमा जँचाउन आउने बिरामीले कोशी अस्पताल कै चिकित्सक को पुर्जा लिएर जाँच गराउन मिल्थ्यो भने अब अन्य बिरामीले पनि कोशी अस्पतालमा जाँच गर्न सक्ने छन् ।

अत्याधुनिक उपकरणद्वारा परीक्षण गरी सटीक र विश्वासिलो रिपोर्ट प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस सेवाले बिरामीहरूलाई सहज, सुलभ र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।

प्रयोगशाला विभागका निमित्त विभागीय प्रमुख डा. धरनिस कुमार झाका अनुसार यो सेवा सबै वर्गका बिरामीलाई सस्तोमा गुण स्तरीय परीक्षण सुविधा उपलब्ध गराउन सुरु गरिएको हो । यो सेवा ओपिडीको समय अर्थात् बिहान ८ वजे देखी दिउसो ४ बजे सम्म सञ्चालित हुने डा.झाले जनाए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रुना झाले कोशी बाहेकका ठाउमा उपचार गराउने स्थानीय जनताले उच्च गुणस्तरीय सेवा सहित प्रयोगशाला शुल्क मा राहत पाउन यो सेवा शुरु गरिएको बताए ।

‘हामीले अस्पतालका बिरामी वा बाहिरका बिरामी सँग लिने शुल्कमा कुनै फरक गरेका छैनौ । आफू कहाँ आएकाहरू जस्तै सेवा शुल्क बाहिर वाट आउनेहरू सँग समेत लिनेछौ’, डा.झाले भनिन–‘अस्पताल विकास समितिबाट निर्णय गराएर यो सेवा लागू गरिएको हो ।’

कोशी अस्पताल जनस्वास्थ्य प्रति आफ्नो प्रतिबद्धता दर्साउँदै गुण स्तरीय र सुलभ स्वास्थ्य सेवा पुर्याउन निरन्तर क्रियाशिल रहेको समेत उनले जनाइन ।

नाम उल्लेख नगर्ने शर्तमा अस्पतालका एक चिकित्सकले निजी अस्पताल मा हुने प्रयोगशाला परीक्षण शुल्क कोशीको दाँजोमा दोब्बर देखि तेब्बर सम्म हुने गरेको नेपालहेल्थप्रेसलाई बताए । उनले कोशीमा ब्लड सुगर (पीपी र रैन्डम) परीक्षण शुल्क ६० रुपियाँ, कोलेस्ट्र्रोल १०० र १५०, लिपिड प्रोफाइल ६०० र ७०० रुपियाँ हुने गरेकोले नै यहाँ को शुल्क र अन्य निजी प्रयोगशालाको शुल्कमा हुने अन्तर झल्काउने बताए । अस्पताल प्रशासनले यस सेवाको फाइदा लिन सबैलाई आग्रह समेत गरेको छ।

सेवा लिने प्रक्रियाः

  • अस्पतालको क्यास काउन्टरमा गई परीक्षण शुल्कको बिल काट्नुहोस्।
  • बिल लिएर अस्पतालको प्रयोगशालामा जानुहोस्।
  • परीक्षणका लागि आवश्यक नमुना दिनुहोस्।
  • तोकिएको समयमा रिपोर्ट प्राप्त गर्नुहोस्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!