डोनाल्ड ट्रम्पद्वारा डब्लूएचओ र पेरिस जलवायु सम्झौताबाट बहिरने घोषणा, असर कस्ताे
कठमाडौं– डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको सपथ लिए सँगै आफ्नो कार्यकालको सुरुवात ठूला र विवादास्पद निर्णयहरू सँग गरेका छन । हालै उनले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) बाट अमेरिका लाई बाहिर निकाल्ने निर्णय गरेका छन्, जसले स्वास्थ्य विशेषज्ञहरू बीच चिन्ता र आलोचना जन्माएको छ।
स्वास्थ्य विज्ञहरूको भनाइमा यो कदमले अमेरिकालाई भविष्यमा ठूला चुनौतीहरूको सामना गर्न बाधा पुर्याउनेछ । विशेष गरी, कुनै नयाँ महामारीको समय यसले अमेरिका र अन्य देशहरू बीचको सहकार्यलाई कमजोर बनाउनेछ । डब्लूएचओबाट बाहिरिने ट्रम्पको निर्णय अचम्म लाग्दो भने होइन । उनले यस अघि नै कोरोना भाइरसको महामारीलाई लिएर डब्लूएचओको कार्य शैली माथि तीव्र आलोचना गरेका थिए । सन् २०२० मा ट्रम्पले डब्लूएचओलाई अमेरिकी फन्डिङ रोक्ने धम्की समेत दिएका थिए।
डब्लूएचओबाट बाहिरिने असर
डब्लूएचओबाट बाहिरिने निर्णयले अमेरिकालाई विश्व स्वास्थ्य समुदाय सँग अलग गर्नेछ। यो निर्णय पछि अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) लाई डब्लूएचओले उपलब्ध गराउने महत्वपूर्ण तथ्यांक र जानकारीहरू प्राप्त गर्न गाह्रो हुनेछ ।
सन् २०२० मा चीनले कोरोना भाइरसको जेनेटिक अनुक्रम डब्लूएचओलाई दिएको थियो, जसलाई डब्लूएचओले अन्य देशहरू सँग साझेदारी गरेको थियो। । यस्तै, डब्लूएचओको महामारी सन्धिले महामारीको तयारी, रोकथाम र खोप आपूर्ति चेन बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्थ्यो। तर, केही अमेरिकी सांसदहरू ले यसलाई देशको सार्वभौमिकता माथि खतरा भनेका कारण यो सन्धिको छलफल रोकिएको थियो।
पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिने योजना
ट्रम्पले अमेरिकालाई ऐतिहासिक पेरिस जलवायु सम्झौताबाट पनि फिर्ता लिने घोषणा गरेका छन् । यो निर्णयले जलवायु परिवर्तनको सामना गर्न विश्व भर भइरहेका प्रयासहरूमा ठूलो झट्का दिनेछ । साथै, यो कदमले अमेरिकालाई आफ्ना नजिकका सहयोगी देशहरू सँग टाढा पार्ने सम्भावना छ ।
डब्लूएचओ र यसको महत्व
डब्लूएचओ संयुक्त राष्ट्र सङ्घको एक महत्त्वपूर्ण संस्था हो, जसको स्थापना सन् १९४८ मा अमेरिकाकै मद्दतमा भएको थियो। यसको मुख्य उद्देश्य विश्व भर स्वास्थ्य चुनौतीहरूको सामना गर्नु र जन कल्याणका लागि काम गर्नु हो।
डब्लूएचओको वार्षिक बजेट करिब ६.८ अर्ब डलर छ, जसमा अमेरिकाले ठूलो अंश योगदान गरेको छ। अमेरिकी स्वास्थ्य कानून विशेषज्ञहरू ले भनेका छन् कि डब्लूएचओबाट बाहिरिने निर्णय अमेरिकी राष्ट्रिय सुरक्षा र जनताको हितको लागि प्रतिकूल हुनेछ। ट्रम्पका यी निर्णयहरूले विश्व समुदाय र स्वास्थ्य प्रणालीमा गम्भीर प्रभाव पार्नेछन्।
प्रतिक्रिया दिनुहोस