भारतमा शल्यक्रिया पछि सङ्क्रमणको समस्या बढ्दो, वर्षेनी १५ लाख बिरामी प्रभावित


नयाँ दिल्ली (ब्यूरो) –भारतमा हरेक वर्ष शल्यक्रिया पछि करिब १५ लाख बिरामी सर्जिकल साइट इन्फेक्सन (एसएसआई) को जोखिममा पर्ने गरेका छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) द्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा सर्जरी पछि हुने सङ्क्रमण, जसलाई सर्जिकल साइट इन्फेक्सन (एसएसआई) भनिन्छ, सम्बन्धी चिन्ता जनक अवस्था उजागर गरिएको छ ।

यो प्रतिवेदनले सर्जिकल साइट इन्फेक्सन रोक्न अस्पतालहरू, चिकित्सकहरू र सरकार बीच सहकार्य र सजगता को आवश्यकता औँल्याएको छ । समय मै उपयुक्त कदम चालिएन भने यो समस्या अझै गम्भीर र जटिल बन्न सक्छ ।

सर्जिकल साइट इन्फेक्सन (एसएसआई) के हो?

सर्जरीको क्रममा शरीरमा गरिएको चिराइबाट ब्याक्टेरिया प्रवेश गरी सङ्क्रमण गराउने अवस्थालाई एसएसआई भनिन्छ । आईसीएमआरको प्रतिवेदन अनुसार भारतमा सर्जरी पछिको एसएसआई सङ्क्रमण दर ५.२ प्रतिशत रहेको छ, जुन धेरै विकसित देशहरूको तुलनामा उच्च हो ।

हाड जोर्नी सर्जरीमा उच्च जोखिम

प्रतिवेदनमा उल्लेख गरिए अनुसार हाड जोर्नी तथा मांसपेशी सम्बन्धी सर्जरी (अर्थोपेडिक सर्जरी) का बिरामीमा एसएसआईको दर ५४.२ प्रतिशत रहेको छ, जुन चिन्ताजनक हो ।

यो समस्यालाई समाधान गर्न आईसीएमआरले ‘एसएसआई निगरानी नेटवर्क’ सुरु गरेको छ । यसको उद्देश्य यस्तो सङ्क्रमणलाई रोक्न भारत भरका चिकित्सकहरूलाई सहयोग पुर्याउनु हो ।

अध्ययनको विश्लेषण

आईसीएमआरले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) दिल्ली, कस्तुरबा अस्पताल मणि पाल र टाटा मेमोरियल अस्पताल, मुम्बईमा ३,०९० बिरामीहरू को शल्यक्रिया माथि अध्ययन गरेको थियो ।

अध्ययनमा १६१ बिरामी (५.२ प्रतिशत) शल्यक्रिया पछि एसएसआई बाट प्रभावित भएको पाइएको छ । हाड जोर्नी शल्यक्रिया गर्ने बिरामीमा एसएसआईको जोखिम सबै भन्दा बढी देखिएको छ । दुई घण्टाभन्दा लामो सर्जरी पछि बिरामीहरूमा एसएसआईको जोखिम उच्च देखिएको छ।

अस्पताल बाट डिस्चार्ज पछि निगरानी आवश्यक

  • प्रतिवेदन अनुसार एसएसआईको पहिचान गर्न बिरामी डिस्चार्ज भए पछि निगरानी गर्न आवश्यक छ ।
  • ६६ प्रतिशत घटनाहरू बिरामी अस्पताल छाडे पछि मात्रै पत्ता लागेका छन् ।
  • डिस्चार्ज पछि निगरानी गर्दा एसएसआईका घटनाहरू पत्ता लगाउन थप मद्दत मिल्ने देखिएको छ ।

समाधानका उपाय

  • शल्यक्रिया का क्रममा सङ्क्रमण रोक्न सर सफाइमा विशेष ध्यान दिनु आवश्यक छ ।
  • शल्यक्रिया पछि बिरामीहरू को नियमित स्वास्थ्य परीक्षण र निगरानी आवश्यक छ ।
  • लामो समय लाग्ने शल्यक्रिया को जोखिम न्यूनीकरण गर्न विशेष उपाय अपनाउनु पर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!