नेपालमा दोस्रो पटक एमपक्स पुष्टि, सावधानी का लागि स्वास्थ्य मन्त्रालयको अपिल


काठमाडौंको – साउदी अरेबिया बाट फर्किएका तनहुँ जिल्लाका ३६ वर्षीय पुरुषमा एमपक्स रोग पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार, ती व्यक्ति खटिरा को समस्या लिएर मंसिर ४ गते काठमाडौं स्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका थिए। त्यहाँ एमपक्स सँग मिल्दो जुल्दो लक्षण नेपालमा देखिएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा रिफर गरिएको थियो ।

गत बिहीबार नै आइसोलेसनमा राखेर नमूना हरू संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा मंसिर ५ गते शुक्रबार एमपक्स पुष्टि भएको हो ।

यद्यपि, बिरामीको अवस्था जटिल छैन र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ । मन्त्रालयले थप अनुसन्धान र उपचार कार्य जारी रहेको जानकारी दिएको छ।

नेपालमा एमपक्स संक्रमणको दोस्रो घटना

नेपालमा एमपक्स पुष्टि भएको यो दोस्रो घटना हो । यस अघि एक विदेशी नागरिकमा एमपक्स देखिएको थियो। एमपक्स रोग मुख्यतः संक्रमित व्यक्ति वा जनावरसँगको प्रत्यक्ष सम्पर्क, दुषित सतह वा सामग्रीको प्रयोगबाट सर्ने गर्दछ। यसले ज्वरो, खटिरा, टाउको दुख्ने, मांसपेशी दुख्ने, ग्रन्थि फुल्ने जस्ता लक्षण देखाउँछ। गम्भीर अवस्थामा यो दृष्टि गुम्ने, गर्भ खेर जाने र मृत्यु जस्ता जोखिम समेत निम्त्याउन सक्छ।

रोकथामका उपायहरू

स्वास्थ्य मन्त्रालयले एमपक्स रोगबाट बच्नका लागि निम्न उपायहरूको पालन गर्न अपिल गरेको छः

  • संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कबाट बच्ने ।
  • संक्रमितलाई आइसोलेसनमा राख्ने।
  • साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
  • संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान लगायत सामग्रीलाई तातो पानी र साबुनले धुने।
  • मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने।
  • फोहोरको उचित व्यवस्थापन गर्ने।

सचेतना र सहयोगका लागि अपिल

स्वास्थ्य मन्त्रालयले एमपक्स सँग मिल्दोजुल्दो लक्षण देखिएमा नजिकको अस्पताल जान र ‘हेलो स्वास्थ्य’ कल सेन्टर (१११५०) मा सम्पर्क गर्न आग्रह गरेको छ ।

एमपक्सको निदानका लागि हरेक प्रदेशमा अस्पताल र विशेषज्ञ चिकित्सकहरू तोकिएको छ।

स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पताल र प्रयोगशाला हरूले निगरानी र सजगता बढाएको मन्त्रालयले जानकारी दिएको छ। सामाजिक सचेतना र सावधानीले मात्र रोगको प्रसार रोक्न सकिने भएकाले सबैले आवश्यक स्वास्थ्य मापदण्ड पालन गर्न मन्त्रालयको आग्रह छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!