चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन

‘नेपालको स्वास्थ्य प्रणाली प्रचार र वितरण मुखी’


काठमाडौं- नेपालको स्वास्थ्य प्रणाली प्रचार र वितरण मुखी भएकोले स्वास्थ्य क्षेत्रमा थुप्रै समस्याहरू आएको विज्ञहरूले बताएका छन्।

नेपाल चिकित्सक सङ्घको दुई दिने चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन को औपचारिक उद्घाटन सत्रमा विज्ञहरूले उक्त कुरा बताएका हुन् ।

हाल स्वास्थ्यमा यति धेरै समस्या किन आएको हो भन्ने प्रश्न गर्दै उक्त कार्यक्रममा चिकित्सक सङ्घका अध्यक्ष डा.अनिल बिक्रम कार्कीले भने – ‘स्वास्थ्य प्रणाली प्रचार मुखी र वितरण मुखी भयो, हामीले रोग लाग्न नदिन प्रयास नै गरेनौं, हामीले सम्पन्न नागरिकलाई विपन्न बनायौं । बिमाले बचाउको प्याकेज किन ल्याउन सक्दैन ?‘

हेल्थ बियोन्ड हेल्थ अर्थात् ‘स्वास्थ्य भन्दा बाहिर स्वास्थ्य‘ भन्ने नारा सहित दुई दिने चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन काठमाडौं जारी छ ।

‘आज ४८ हजार डाक्टरले नपाउँदा खेरि बाँचेका छैनन् र ,भनेर सोध्ने राजनीतिक नेतृत्वले यो देशको जनशक्तिलाई विदेशीन बाध्य त बनाइरहेको छैन, स्वास्थ्य मन्त्री प्रदीप पौडेल समेतको उपस्थितिमा उक्त कार्यक्रममा डा. कार्कीले प्रश्न गरेका थिए।

‘स्वास्थ्य मन्त्रालयले वरिष्ठ कन्सल्टेन्ट सेलिब्रेटी चिकित्सकलाई मात्र देख्दा रहेछ‘, डा.कार्कीले स्वास्थ्य मन्त्रालयद्वारा भर्खर का मेडिकल अफिसर अरुको समस्या बारेमा ध्यान नदिनू दुःखद रहेको जनाए ।

जेल विदाउट वेल जसरी पनि लागू हुने 

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पछिल्लो समयमा असुरक्षित रहेका स्वास्थ्यकर्मीहरू को समस्याले दृष्टिगत गर्दै जेल विदाउट बेललाई जसरी पनि पास गराई छोड्ने चिकित्सक सङ्घको चौथो राष्ट्रिय सम्मेलनमा बताए ।

स्वास्थ्य मन्त्रीले जेल विदाउट बेललाई आफ्नो पक्षबाट अगाडि बढाइएको तर अरु पक्षलाई सहमत गर्न नसकी रोकिएको अवस्था रहेको समेत बताए।

रजिस्टर्ड नर्स को अवधारणा ल्याउनुपर्छ 

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अन्जनी झाले मुलुकमा रजिस्टर्ड नर्सको अवधारणा ल्याउनुपर्ने बताए । पछिल्लो अढाई दशकमा नेपालमा चिकित्सा शिक्षा क्षेत्रमा राम्रो प्रगति भएको जनाउँदै डा. झाले एसएलसी गरेर नर्स विश्वमा कहीँ पनि नभएको र अन्तर्राष्ट्रिय मान्यता अनुकूलको रजिस्टर नर्स आवश्यक रहेको बताए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!