चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन शुरू
काठमाडौं – नेपाल चिकित्सक सङ्घ द्वारा हेल्थ बियोन्ड हेल्थ अर्थात् ‘स्वास्थ्य भन्दा बाहिर स्वास्थ्य‘ भन्ने नारा सहित दुई दिने चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन शुक्रवार देख काठमाडौंमा शुरू भएका छ ।
सम्मेलनले नेपालको स्वास्थ्य प्रणालीलाई समृद्ध र दिगो बनाउन नीति गत सुझावहरू प्रस्तुत गर्न मुख्य भूमिका खेल्ने बताइएको छ।
नेपालमा गुण स्तरीय स्वास्थ्य सेवाको पहुँच अझै चुनौती पूर्ण रहँदा समग्र जनस्वास्थ्य र सामाजिक कल्याणमा नकारात्मक प्रभाव पार्दै आएको चिकित्सक सङ्घले जनाएको छ ।
यस समस्याको समाधान मात्र स्वास्थ्य सेवा विस्तारमा सीमित नभई, स्वास्थ्य परिणाम लाई प्रभाव पार्ने सामाजिक, वातावरणीय र आर्थिक पक्षहरूलाई समेत समेट्ने गरी व्यापक दृष्टिकोण आवश्यक रहेको समेत औँल्याएको छ ।
स्वास्थ्यमा समता, दिगो पन र सेवा ग्राही केन्द्रित अभ्यास लाई समेटेर मात्र समावेशी समाज निर्माण गर्न सकिने जनाउँदै सङ्घले यस विषयमा बहस र समाधान खोज्न देश-विदेशका विज्ञ, नीति निर्माता, स्वास्थ्य कर्मी र उद्यमीहरूको उपस्थितिमा सम्मेलनमा छलफल गरिने बताइएको छ ।
सम्मेलनले स्वास्थ्य क्षेत्रका अनुसन्धान कर्ता, नीति निर्माता, चिकित्सक, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याई बहस र समाधानका उपायहरूको खोजी गर्ने अवसर प्रदान गर्नेछ ।
यसको साथै नेपालको स्वास्थ्य प्रणालीको सुधार, महामारीका लागि तयारी, चिकित्सा शिक्षामा सुधार र वातावरणीय स्वास्थ्य सँग सम्बन्धित मुद्दाहरूको सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने चिकित्सक सङ्घले जनाएको छ। ‘स्वास्थ्य भन्दा बाहिर स्वास्थ्य‘, मुख्य विषय रहेको चौथो सम्मेलनमा निम्न अनुसारको सात वटा उप – विषय रहेका छन्।
- प्रतिबद्धताबाट कार्यान्वयन सम्मः तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन घोषणापत्रका प्रगति, चुनौती र अनुभवहरू
- परिवर्तनकारी स्वास्थ्य प्रणाली र विश्वव्यापी स्वास्थ्य कभरेज
- अनुसन्धान, अध्ययन र सहकार्यको क्षमता निर्माण
- स्वास्थ्य सङ्कट र महामारीका लागि पूर्व तयारी
- चिकित्सा शिक्षा सुधार र नव प्रवर्तक
- स्वास्थ्यमा सञ्चार माध्यम, जन चेतना र उत्तरदायी पत्रकारिता
- सङ्क्रामक रोग, व्यावसायिक र वातावरणीय स्वास्थ्यमा पानी, सरसफाइ र पोषणको प्रभाव
प्रतिक्रिया दिनुहोस