‘दुई दिने ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फरेन्स’


काठमाडौं– ‘विकासोन्मुख राष्ट्रहरूमा अङ्ग दान प्रवर्द्धन’, को नारा सहित द हिमालयन ट्रान्सप्लान्ट कन्फरेन्स आगामी शनिवार देखी राजधानीमा आयोजित हुँदैछ ।

२६ वटा कार्य पत्र प्रस्तुत हुने सम्मेलनको उद्देश्य प्रत्यारोपणका क्षेत्रका ख्याति प्राप्त प्रतिष्ठित व्यक्तित्व हरूलाई एउटै छानामुनि ल्याई प्रत्यारोपणको सीप र ज्ञानको आदान प्रदान गर्नु हो । सम्मेलन नेपालमा अङ्ग प्रत्यारोपण गर्ने सोसाइटीहरूको संयुक्त आयोजना मा हुन लागेको हो ।

सम्मेलनमा १९ देशका प्रत्यारोपणको क्षेत्रमा ख्याति प्राप्त चिकित्सक तथा नेपाली चिकित्सक, प्राविधिक, पत्रकार र प्रत्यारोपण क्षेत्रमा सरोकार राखे करिब ३०० जनाको सहभागिता रहने आयोजक समिति एवं अङ्ग प्रत्यारोपण समाजका अध्यक्ष डा. पुकार चन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।

उक्त सम्मेलनको आयोजक समितिका सचिव डा. कल्पना कुमारी श्रेष्ठ, साइन्टिफिक कमिटीका अध्यक्ष डा. ऋषि कुमार काफ्ले र प्रा.डा. दिव्या सिंह शाह, डा दिपेश श्रेष्ठ लगायतले सम्मेलनको महत्व बारे बताएका थिए ।

अनलाइन दर्ता गर्न छुट भएमा इच्छुक सहभागीहरूले सम्मेलनकै दिन तत्काल दर्ता गर्न सक्ने प्रावधान समेत रहेको छ । यो सम्मेलन मुख्यतया अङ्ग प्रत्यारोपणको क्षेत्रमा विशेष चासो राखे इच्छुक चिकित्सकहरू र सर्जनहरूलाई लक्षित गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!