लाइसेन्स परीक्षामा ९० प्रतिशत फार्मेसी सहायक फेल/ पढाइको गुणस्तर र उत्तीर्ण हुने प्रकृया मा प्रश्न चिन्ह

‘कलेजले पढाउँदैनन्, विद्यार्थीले पढ्न रुचाउँदैनन् तापनि उनीहरू उत्तीर्ण हुने अवस्था छ, जसको नतिजा दर्ता परीक्षामा देखिएको हो’


काठमाडौं– नेपाल फार्मेसी परिषद् ले लिएको फार्मेसी सहायकको लाइसेन्स (नाम दर्ता) परीक्षामा ९० प्रतिशत फेल भएका छन् । यो परिणाम ले ‘डिप्लोमा इन फार्मेसी’, पढाइको गुणस्तर र उत्तीर्ण हुने प्रकृया मा समेत प्रश्न चिन्ह खडा भएको छ ।

परिषदले शनिवार लिएको २६ औ लाइसेन्स परीक्षामा १ हजार २ सय ९९ फार्मेसी सहायक ले फारम भरेका थिए । उक्त परीक्षामा १ हजार २ सय ६४ जना सहभागी भएकामा ती मध्ये १ सय २९ फार्मेसी सहायक (१०.२० प्रतिशत) उत्तीर्ण भएको परिषद् का रजिष्ट्रार सन्जीव कुमार पाण्डेले बताए । लाइसेन्स परीक्षामा झन्डै ९० प्रतिशत फार्मेसी सहायक फेल भएका हुन । परिषदले परीक्षामा नयाँ विद्यार्थी सँगै यस अघि लाइसेन्स परीक्षामा फेल भएका हरू समेत समावेश रहेको जनाएको छ ।

परीक्षाको नतिजा चिन्ताजनक रहेको परिषदका औँल्याउँदै  रजिस्टार पाण्डेले नेपालहेल्थप्रेससँग भने–‘ कहि न कहि शिक्षा प्रणालीमा ‘कम्प्रोमाइज’ (सम्झौता) भएको छ ।’

यो विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लाई सचेत गराउने जनाउँदै पाण्डेले भने–‘हामीले प्रदान गरिरहेको शिक्षामा कैफियत देखिन्छ ।’

सिटिइभीटीका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा नेपालहेल्थप्रेससँग भने–‘कलेजले पढाउँदैनन्, विद्यार्थीले पढ्न रुचाउँदैनन् तापनि उनीहरू उत्तीर्ण हुने अवस्था छ, जसको नतिजा दर्ता परीक्षामा देखिएको हो।’

स्मरण रहोस् यसै वर्ष (२०८१ साल) गत जेठ महिनाको चौथो सातामा परिषदले लिएको फार्मेसी स्नातकहरूको लाइसेन्स परीक्षामा समेत ८८.२४ प्रतिशत स्नातक गरेका फर्मासिस्टहरू फेल भएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!