कोरोना पछि किन बढ्यो हृदय घातका बिरामी ? एम्सका विज्ञहरूले बताए कारण
नयाँ दिल्ली (ब्युरो)– कोरोना महामारी पछि हर्ट एटैक को घटनामा उल्लेख्य वृद्धि हुनु पछाडि मस्तिष्क बाट निस्कने क्याटेकोलामाइन हर्मोन सँगै अक्सिडेटिभ तनाव (stress) रहेको विज्ञहरूले दाबी गरेका छन् ।
अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) नयाँ दिल्ली मा आयोजित अन्तर्राष्ट्रिय औषधि विज्ञान सम्मेलनमा विज्ञहरूले यस्तो दाबी गरेका हुन् ।
वास्तवमा शरीरमा एन प्रोटिन हुन्छ । यसलाई एसी २ नियन्त्रित गर्छ । जब शरीरमा अक्सिडेटिभ तनाव बढ्छ, अनि मुटुको धड्कनको गति समेत बढ्छ । यसलाई नियन्त्रण गर्न मस्तिष्कबाट क्याटेकोलामाइन हर्मोन निस्कन्छ । यसको काम मुटुलाई नियन्त्रण गर्ने हो तर धेरै निस्कने कारण यसले मुटुको पम्पिङ लाई बन्द गर्छ । जसले गर्दा बिरामीको मृत्यु सम्म हुन्छ ।
दिल्ली फर्मास्युटिकल साइन्सेज एण्ड रिसर्च युनिभर्सिटीका पूर्व उपकुलपति र कार्डियोभास्कुलर साइन्सेजका इन्टरनेसनल एकेडेमी को अध्यक्ष डा. रमेश गोयलले सम्मेलनमा भने कि कोभिडले एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम (Angiotensin-converting enzyme 2) (ACE2) मा असर गरिरहेको छ । जुन एउटा रेगुलेटरी स्विच हो, त्यसलाई नै परिवर्तन गर्छ । यसले साइटोकाइन्सको सम्पूर्ण संरचनालाई परिवर्तन गरी दिन्छ ।
डा.गोयलले अगाडि थपे, ‘यसले गर्दा शरीरमा अचानक साइटोकीनेसिया वा इन्फ्लेमेटरी मार्कर बढ्छ, जसका कारण रगत बाक्लो हुन थाल्छ र यसले मुटुका नसाहरूमा दबाब पर्छ र त्यसपछि कार्डियाक अरेस्ट हुन्छ । उनले एसिइ २ पछि धेरै परिवर्तन हुने बताए । सिई २ र रेनिन एंजियोटेंसिन एल्डोस्टेरोन बारे थाहा पाएपछि केही परिवर्तन हुने छ । त्यसपछि मानिसहरूले थाहा पाए की फाइब्रोसिसमा काम गर्नु पर्छ ।
कोभिडका कारण फाइब्रोसिस
डा. गोयलले कोभिडका कारण हुने फाइब्रोसिसका कारण शरीरमा यो प्रणाली बिग्रने बताए । कतिपयले यसलाई लङ कोभिड पनि भन्ने गरेका छन् । यसका लागि जीनोम विश्लेषण पनि आवश्यक छ । यो पनि महत्वपूर्ण छ कि फाइब्रोसिसमा एसिइ (ACE) को स्तर लगातार जाँच गरी रहनु पर्छ ।
डा.गोयलको अनुसार लङ्ग कोभिडले गर्दा एट्रियल फाइब्रिलेसन, मुटुका मांसपेशीले राम्ररी काम गर्न न सकेकाले अचानक मृत्यु हुने गरेको छ । यसका धेरै कारण हुन सक्छन्। प्रदूषण पनि यसको ठूलो कारण हो । यसमा पर्यावरणले ठूलो भूमिका खेल्छ।
एम्सका कम्युनिटी मेडिसिन का प्राध्यापक डा. आनन्द कृष्णनले ५५ प्रतिशत बिरामीले हृदय घातको गम्भीरता बुझ्न नसकेर मृत्यु भएको बताए ।
त्यसैले हर्ट एटैक को लक्षण देखिएमा छिटो घरबाट निस्किएर अस्पताल पुग्नु जरुरी छ । यसो गरियो भने बिरामीलाई बचाउने सम्भावना पनि बढ्छ । यसैले छातीमा दुखाइ हुँदा तुरुन्तै सचेत हुनु जरुरी छ । पहिले देखि नै समस्या भएका हरू ले थप सजग हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस