अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य/ कार्यालय समयमा नहुने डाक्टर, कर्मचारी लाई कारबाही गरिने

काठमाडौं– सरकारी अस्पतालमा कार्यालय समयमा डाक्टर कर्मचारी उपलब्ध नहुने जन गुनासो पछि स्वास्थ्य मन्त्रालयले सबै सङ्घीय अस्पताल लाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र जारी गरेको छ ।
यस अघि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी प्रणाली अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।
स्वास्थ्य मन्त्री को निर्देशन लगतै गुणस्तर मापन तथा नियमन महाशाखाले मुलुकको २४ वटा सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर सोको जानकारी पठाउन पत्राचार गरेको हो ।
स्वास्थ्य मन्त्रालयले विद्युतीय हाजिरी राखिए पछि समयमा चिकित्सक उपलब्ध भए नभएको अनुगमन समेत गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले कार्यालय समयमा चिकित्सक तथा कर्मचारी नभएका गुनासो सम्बोधन गर्न हाजिरीलाई विद्युतीय बनाउने निर्णय भएको जनाएको छ ।
‘सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी व्यवस्था अनिवार्य गर्न भनिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी ले भने,– ‘विद्युतीय हाजिरी अनिवार्य भए पछि अनुगमन गर्दा डाक्टर वा कर्मचारी नभएको पाइएमा कारबाही हुनेछ ।’
प्रतिक्रिया दिनुहोस