काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल विवाद
‘प्रधानमन्त्री ओलीले गरे पूर्व उपकुलपतिहरू सँग छलफल, काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद मिलाउन कार्य दल गठन’
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइत बार काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको विवाद मिलाउने सम्बन्धमा विश्वविद्यालयका पूर्व उपकुलपतिहरू सँग छलफल गरेका छन् । प्रधानमन्त्री ले डा सुरेश राज शर्मा, डा राम कण्ठ मकाजु श्रेष्ठ लगायत पूर्व उपकुलपतिहरू सँग छलफल गरेका हुन ।
विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले दुवै संस्था अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति प्राप्त भएकोले एक आपसमा मिलेर जाँदा उचित हुने भएकोले आपसी गृहकार्य गरी समाधानको उपाय ल्याउन यस अघिको सिनेट बैठकमा निर्देशक दिएका थिए ।
उक्त विवाद मिलाउन नेपाल सरकारका प्रतिनिधि, दुवै संस्थाका पदाधिकारी र जनप्रतिनिधि रहेको कार्य दल गठन गरिएको छ । कार्य दलको प्रतिवेदन प्राप्त भएपछि विश्वविद्यालयको सिनेट बैठकमा प्रस्तुत गरिनेछ ।
प्रतिक्रिया दिनुहोस