डा.आरपी बिच्छा ‘आउट स्टैन्डिङ्ग एसियन पेडियाट्रिसियन अवार्ड’ वाट सम्मानित
फिलिपिन्स– एसिया प्यासाफिक पेडियाट्रिसियन एसोसिएसन (अप्पा) ले राष्ट्रिय योजना आयोगका सदस्य एवं वरिष्ठ बाल रोग विशेषज्ञ प्रा.डा.आरपी बिच्छा लाई ‘आउट स्टैन्डिङ्ग एसियन पेडियाट्रिसियन अवार्ड २०२४’, प्रदान गरेको छ ।
सेबु, फिलिपिन्समा बाल रोग विशेषज्ञहरूको चार दिने १८ औ एसिया प्यासीफिक महासभा को तेस्रो दिन शनिवार प्रा.डा.विच्छा लाई उत्कृष्ट एसियाइ बाल रोग विशेषज्ञ अवार्ड प्रदान गरिएको हो ।
डा.बिच्छा लाई बाल स्वास्थ्य को लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको योगदानको लागि अप्पाले उक्त सम्मान गरेको हो । यस अन्तर्गत उनी वाल स्वास्थ्य को निर्देशक रहदा नेपालमा पहिलो पटक खोप कानुन बनेको हो ।
यस्तै खोप मा दिगो पन ल्याउन सेल्फ फिनान्सिङ्ग अन्तर्गत कोष निर्माण गरेर आकस्मिक अवस्थामा परिचालन गर्न सकिने काम समेत उनले गरेका हुन ।
कोरोना कालमा स्वास्थ्य सेवा विभागका महा निर्देशक रहदा डा.विच्छाले अनुदान अन्तर्गत ४ करोड ७० लाख मात्रा कोभिड विरुद्धको खोप नेपाल भित्राएका हुन । यसले विकसित मुलुकको दाँजोमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सम्पूर्ण योग्य जनसंख्यालाई कोभिड विरुद्धको खोप दिन सफल भएको हो ।
डा.विच्छा २०३३ सालमा एसएलसीमा बोर्ड सेकेन्ड भएका थिए । उनले एमबिबिएस र बालरोगमा विशेषज्ञता अर्थात् एमडी अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) नयाँ दिल्ली वाट गरेका हुन । उनले अमेरिका वाट नियोनेटोलोजीमा फेलोसिप समेत गरेका हुन ।
हाल दोस्रो पटक योजना आयोगका सदस्य रहेका डा.विच्छा कोशी अंचल अस्पतालमा वरिष्ठ बाल रोग विशेषज्ञको रूपमा २० वर्ष सम्म काम गरेका हुन । उनि कान्ति वाल अस्पतालमा तिन पटक निर्देशक भए हुन ।
डा.बिच्छा वाल स्वास्थ्य को निर्देशक, परिवार स्वास्थ्यको निर्देशक, परिवार कल्याण महाशाखाको निर्देशक, सार्क टिबी एड्स सेन्टरको निर्देशक, स्वास्थ्य सेवा विभागको महा निर्देशक भएर स्वास्थ्य मन्त्रालय वाट सेवा निवृत भएका हुन । डा.विच्छा शेर बहादुर देउवा पछिल्लो समय प्रधानमन्त्री हुँदा स्वास्थ्य सल्लाहकारको रूपमा समेत काम गरेका छन् ।
प्रतिक्रिया दिनुहोस