‘सरकारी चिकित्सकले सुदूर पश्चिमका मुख्य मन्त्री सँग समय अनुसार वृत्ति विकासको माग गरे’


धनगढी–सरकारी चिकित्सक सङ्घ, नेपाल, सुदूर पश्चिम कार्यालयले प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाह लाई ज्ञापन पत्र दिँदैं सङ्घीयता पछि समायोजन भई आएका र पहिले देखि दरबन्दीमा कार्यरत चिकित्सक हरूको समय अनुसार वृत्ति विकासको माग गरेका छन् ।

सरकारी चिकित्सक सङ्घ सुदूर पश्चिमका चिकित्सक पदाधिकारिहरूले अध्यक्ष डा खगेन्द्र राज भट्टको नेतृत्वमा मुख्य मन्त्री, सामाजिक विकास मन्त्री मेघराज खड्का लगायतका सरोकार बालाहरू लाई प्रदेश निजामती सेवा नियमावली सम्बन्धी केही बुँदा गत सुधारका लागी ध्यानाकर्षण सहितको ५ बुन्दे ज्ञापन पत्र बुझाएका छन् ।

सरकारी चिकित्सकहरूले लामो समयदेखि विभिन्न कारणले समय अनुकूल वृत्ति विकास नभएको वा रोकिएको भन्ने ठम्याइ रहेको औँल्याउँदै मुख्य मन्त्रीलाई अविलम्ब समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन्।

चिकित्सक कर्मचारीले रात दिन प्रदेशको स्वास्थ्यलाई दीर्घकालीन रूपले सबल बनाउन लागि परेको बेला, प्रदेश सरकारले निजामती सेवा नियमावली लाई अघि बढाउँदै गर्दा चिकित्सकहरूको मनोबल बढाउन कानुन अनुसार वृत्ति विकास हुनु पर्ने माग सरकारी चिकित्सक सङ्घले गरेको छ ।

मुख्य मन्त्री शाहलाई बुझाइएको ज्ञापन पत्रमा प्रादेशिक / उप–प्रादेशिक अस्पतालको दरबन्दी भित्र रहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा स्वास्थ्य सेवा/ चिकित्सक समूहका कुनै पनि चिकित्सकलाई (ज्येष्ठताको आधारमा) खुला गरिनु पर्ने र यसमा जहेस जस्तो समूहगत पद सिर्जना नगरिन समेत माग गरिएको छ ।

यस्तै प्रदेश भित्र समायोजन भई सेवा अवधि पूरा गरि सकेका ९/१० औ (उपसचिव स्तर) का तहका चिकित्सकहरूको वृत्ति विकास गरि ज्येष्ठताको आधारमा ११ औ तहमा बढुवा गरिनु पर्ने माग समेत सरकारी चिकित्सक सङ्घले गरेको छ ।

ज्ञापन पत्रमा प्रादेशिक/उप–प्रादेशिक अस्पतालको सङ्गठन तथा संरचना विवरण पक्ष लाई यथा शीघ्र अनुमोदन गरि कार्यान्वयनमा ल्याइनु पर्ने उल्लेख छ ।

प्रदेश लोक सेवा वाट मेडिकल अधिकृत (८औं) तथा विशेषज्ञ चिकित्सक (९औं/कन्सल्टेन्ट) का पदहरूको यथा शीघ्र विज्ञापन गरी परीक्षा सञ्चालन गर्नुपर्ने माग समेत सरकारी चिकित्सक सँगको छ । सङ्घ तथा अन्य प्रदेशमा कर्मचारीको आन्तरिक बढुवाको समय सीमा करिब ३ वर्ष राखिएको मा सुदूर पश्चिम प्रदेशमा यो सिमा ५ वर्ष कायम देखिन आएकोले सो लाई एकरूपता कायम गर्न समेत चिकित्सकहरूले माग गरेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!