स्वास्थ्य मन्त्रालयमा सरूवा

स्वास्थ्यमा जिम्मेवारी हेरफेर, सरूवा


काठमाडौं–स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य समूहका दशौ र एघारौं तहका केही कर्मचारीको जिम्मेवारी गत शुक्रवार हेरफेर गरेका छन् । यस अघि स्वास्थ्य मन्त्री बनेको ६९ औ दिन पौडेलले स्वास्थ्यका प्रमुखहरू हेरफेर गरेका थिए ।

स्वास्थ्य मन्त्रालय स्रोत का अनुसार शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा अनुप बास्तोला लाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । डा.बास्तोला लाई केही समय अघि नै स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको निर्देशक पद वाट हटाएर टेकु अस्पताल पठाइएको थियो ।

स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा रहेका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीलाई स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखामा सरुवा गरिएको छ । सूचना तथा सञ्चार केन्द्रमा डा केसीको ठाउँमा उपेन्द्र ढुंगानालाई पठाइएको छ ।

गेटा अस्पताल, कैलाली मा कार्यरत डा विप्लव सापकोटा को ठाउँमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीको सरुवा गरिएको छ ।

सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसीवाट वैकल्पिक चिकित्सा विभागको नेतृत्व फिर्ता लिइएको छ । डा.केसी लाई वैद्यखानामै केन्द्रित हुने गरी जिम्मेवारी तोकिएको छ । तर वैकल्पिक चिकित्सा विभाग को नेतृत्वमा हाल सम्म कसैलाई पठाइएको छैन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!