जाडो आयो ! निमोनियाँ खोप लिनुभो ? बुढापाका र बालबालिका बढी जोखिममा


नेपालमा निमोनियाँ एउटा प्रमुख जनस्वास्थ्य समस्या हो । विशेष गरी पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धाहरूमा यो रोग धेरै जोखिम पूर्ण हुन्छ ।

खोप लिनु किन आवश्यक छ ?

जाडो महिनामा इन्फ्लुएन्जा निमोनियाँको प्रमुख कारण हो । विशेष गरी वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला र दीर्घकालीन स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा समेत यो समयमा निमोनियाँको बढी जोखिमहुन्छ ।

फ्लूका धेरै जसो केसहरूमा निमोनियाँ नै भइ हाल्दैन । तर जब  इन्फ्लुएन्जा को कारणले निमोनियाँ  हुन्छ । त्यो निमोनियाँ बढी गम्भीर प्रकारको हुन्छ ।

वृद्धवृद्धा र बालबालिका को स्वास्थ्य सेवामा सीमित पहुँच, चेतनामा कमी, दीर्घ रोग, औषधिको प्रयोग, कुपोषण अन्य  श्वास प्रश्वास सँग सम्बन्धित समस्या अथवा फोक्सोको समस्या तथा  वातावरणीय जोखिमहरूको कारण निमोनियाँ संक्रमण उच्च दरमा देखिएको छ । जसले गर्दा यी उमेर समूहमा मृत्यु दर समेत बढि रहेको छ । त्यसैले, निमोनियाँको जोखिम कम गर्न र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन खोप लिनु आवश्यक हुन्छ ।

जाडो मौसममा जेष्ठ नागरिकले ध्यान दिनुपर्ने कुराहरू

  • चिसोबाट बच्न तातो कपडा प्रयोग गर्नुपर्छ ।  चिसो बढी हुने स्थानहरूको भ्रमण तथा उचाइमा रहेको तीर्थ स्थल तथा स्थानहरूको यात्रालाई गर्मी मौसमको लागि स्थगित गर्नु वा जाडो मौसममा यात्रा गर्नबाट जोगिनु पर्छ ।
  • घर बाहिरको वायु प्रदूषण जस्तै गाडीको धुवा यस्तै दाउरा चुलोबाट निस्किने धुवा र धूलोबाट जोगिनु पर्छ ।
  • घर भित्रको वायु प्रदूषण कम गर्न, खाना पकाउने ग्याँसको प्रयोग लाई प्रोत्साहन गर्नु पर्छ । यो नभएमा सकभर सुधारिएको चुलो वा रकेट चुलोको प्रयोग गर्नु पर्छ । यो दुवै प्रकृया सम्भव नभएमा हावा ओहोर दोहोर हुने ठाउँमा मात्र चुलो बाल्ने,  ब्रिकेट बाल्ने वा चुल्होको धुवा बाहिर जान चिनी वा अन्य केही व्यवस्था गर्नु पर्दछ ।
  • त्यसै गरी,घर भित्र चुरोट, धूपबत्ती, अगरबत्ती, सुगन्धित स्प्रेहरू को प्रयोग नगर्ने । जाडो मौसममा वायु प्रदूषण र चिसोले समस्या झन् जटिल बनाउँछ ।
  • जेष्ठ नागरिक  र अन्य वयस्कहरू जसलाई  स्वास प्रश्वास तथा   फोक्सोका समस्या छ वा डायबिटिज को समस्या छ भने धूम्रपान, मद्यपान त्याग्न वा छोड्न प्रेरित गर्नु आवश्यक छ ।

जेष्ठ नागरिकको लागि खोप सल्लाह

  • जेष्ठ नागरिकहरूले निमोनियाँबाट सुरक्षित रहनको लागि हरेक वर्ष  इन्फ्लुएन्जा खोप influvac (इन्फ्लुभैक) र निमोकोकल खोप  pneumococcal vaccine (पिसीभी१३/पिपीएसभी२३) लिनु आवश्यक छ ।
  • यी खोपहरू श्वासप्रश्वास सम्बन्धी रोग सुरु हुने चिसो मौसम सुरु हुन अगाडि नै चिकित्सकको सल्लाह अनुसार लगाउन सिफारिस गरिएको छ ।

स्वास्थ्य बिमामा निमोनियाँको खोप सुविधा

  • जेष्ठ नागरिकले निमोनियाँ खोप सेवा  स्वास्थ्य बिमाबाट पनि चिकित्सकको सल्लाह अनुसार  प्राप्त गर्न सक्छन् ।
  • जेष्ठ नागरिकमा निमोनियाँ भ्याक्सिनको सिफारिस

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी) को एडभाइजरी कमिटी अन इम्युनाईजेसनज प्राक्टिस (एसीआइपी) को अनुसार ५० वर्ष वा सो भन्दा माथिका पिसीभी १३ (नेपालमा उपलब्ध) नलिएका वयस्कले पनि निमोनियाँको जोखिमबाट बच्न पिसीभी एक मात्रा खोप लिनुपर्ने सिफारिस गरिएको छ । भने, १९ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूमा यदि फोक्सो को वा स्वास प्रस्वास सँग सम्बन्धित समस्याहरू भएमा वा जोखिममा रहेकाहरुले समेत पिसीभी १३ लिई सकेका  व्यक्तिहरूले पनि इन्फ्लुभेक को खोप लिनु पर्छ । यसले, निमोनियाँको जोखिम कम गर्ने र रोग प्रतिरोधात्मक क्षमतामा सुधार गर्छ ।

कहिले लिने त यो निमोनियाँको खोप ?

विशेष गरी हरेक जाडो मौसम सुरु हुनु अघि वा हाम्रो नेपालको परिवेशमा भन्नु पर्दा दशै वा तिहारको सुरुमा अथवा जाडो महिना सुरु हुन भन्दा अगाडि, डाक्टरको सल्लाहमा खोप लिनु आवश्यक हुन्छ ।

यसरी, वृद्ध वृद्धाहरूले चिसो मौसममा निमोनियाँको जोखिम कम गर्न र रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न चिकित्सकको सल्लाह बमोजिम समयमै खोप लिनु आवश्यक छ । (लेखक डा. झा, रसुवा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!