अनुसन्धान

कोभिड पछि श्वास प्रश्वासमा समस्या हुनु सामान्य, नयाँ अनुसन्धानको खुलासा


कोभिड भाइरसका कारण फैलिएको महामारी समाप्त भएको दुई वर्ष भन्दा बढी समय बित्न लागेको छ । तर धेरै मानिसहरू कोभिड बाट निको भए पनि लामो समय देखि स्वास्थ्य समस्याको सामना गरिरहेका छन् । जुन अन्य श्वास प्रश्वास रोगहरू पछि पनि सामान्य छ ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धान कर्ताहरूले एक अध्ययनमा १ लाख ९० हजार सहभागीहरूको तथ्याङ्कको विश्लेषण गरेका छन्, जसमा कोभिडका कारण अस्पतालमा भर्ना भएका मानिसहरू र तल्लो श्वास प्रश्वास नलीको सङ्क्रमण (एलआरटिआइ) का कारण अस्पतालमा भर्ना भएकाहरूलाई तुलना गरिएको छ ।

अनुसन्धानकर्ता हरूले सहभागीहरूलाई दुई समूहमा विभाजन गरे । एउटा समूह कोभिडका कारण अस्पतालमा भर्ना भएका मानिसहरूको थिए,  जबकी अर्को समूह एलआरटीआईका कारण भर्ना भएका मानिसहरूको थिए  यी सहभागीहरूले ४५ शारीरिक र मानसिक लक्षणहरू रिपोर्ट गरे । जसमा कान, नाक, घाँटी, श्वास प्रश्वास, स्नायु प्रणाली, पाचन प्रणाली र मांसपेशी सँग सम्बन्धित लक्षणहरू समावेश थिए ।

लक्षणहरूको विश्लेषण 

उक्त अध्ययनको नतिजा जामा नेटवर्क ओपनमा प्रकाशित भएको छ । यस अनुसार कोभिडबाट अस्पतालमा भर्ना भएका व्यक्तिमा ४५ लक्षण मध्ये २३ वटा लक्षणको बढी जोखिम रहेको थियो । जबकी एलआरटी आईबाट प्रभावित व्यक्तिमा यो सङ्ख्या १८ थियो।

अनुसन्धानकर्ता डा जुनकिङ शि को अनुसार कोभिड पछि लामो समय सम्म लक्षणहरू देखिनु नयाँ कुरा होइन । यो अन्य गम्भीर श्वास प्रश्वास सम्बन्धी संक्रमणहरूमा पनि देखिएकोछ ।

कोभिडको को प्रमुख लक्षण

कोभिडका बिरामीहरू ले थकान, सास फेर्न गाह्रो हुने र एकाग्रताको कमी जस्ता लक्षणहरूको सामना गर्नु परिरहेको डा जुनकिङले बताए ।

अघिल्लो अध्ययनहरूले स्वाद गुमाउने जस्ता लक्षणहरू उल्लेख गरेको छ । यस अध्ययनले यो पनि पत्ता लगायो कि कोभिड  बिरामीहरूमा सोच्ने र सञ्चार गर्न कठिनाइ अन्य श्वास प्रश्वास संक्रमणहरू को दाँजो मा बढी थियो ।

डा जुनकिङले जोड दिए कि हामीले अन्य तीव्र श्वास प्रश्वास संक्रमणहरूको दीर्घकालीन प्रभावहरू बुझ्न र तिनका कारणहरूको विश्लेषण गर्न आवश्यक छ । यसले राम्रो स्वास्थ्य हेरचाह योजनाहरू र उपचारहरू विकास गर्न मद्दत गर्न सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!