अनुसन्धान

‘एक्लो पनले डिमेन्सियाको जोखिम ३० प्रतिशत बढाउन सक्छ’


हालै गरिएको एक अध्ययनले उमेर वा लिङ्गलाई ध्यान नदिई एक्लो पनले डिमेन्सियाको जोखिम ३० प्रतिशतले बढाउन सक्ने देखाएको छ ।

२१ दीर्घकालीन अध्ययनमा संलग्न विश्व भरका ६ लाखभन्दा बढी सहभागीहरू मा गरिएको अध्ययन वाट अनुसन्धान कर्ताहरूले यस्तो निष्कर्ष निकालेका हुन । यो अनुसन्धानको नतिजा नेचर मेन्टल हेल्थमा प्रकाशित भएको छ ।

एक्लोपनि एक अवस्था हो जसमा एक व्यक्तिले आफ्नो सामाजिक सम्बन्धहरू सँग असन्तुष्ट महसुस गर्दछ । यसको डिमेन्सियाको प्रारम्भिक चरणहरू सँग सम्बन्ध रहेको पाइएको छ । जसमा सञ्ज्ञानात्मक क्षमता कमी आउन थाल्छ । यसले निर्णय लिने क्षमता, स्मरण शक्ति र सोच्ने प्रक्रियामा बाधा पुग्छ ।

फ्लोरिडा स्टेट विश्वविद्यालय मा सहायक प्राध्यापक र अनुसन्धान का प्रमुख लेखिका, मार्टिना लुचती ले भनिन कि डिमेन्सिया एक स्पेक्ट्रम हो । यो न्युरोपैथोलोजिकल परिवर्तनको रूपमा दशकौँ अघि सुरु हुन्छ ।

अनुसन्धान मा जीवनमा उद्देश्यको अभाव वा व्यक्तिगत विकासका लागि अवसरहरू को कमी अनुभव हुनु जस्तो लक्षण र तीन देखि छ वर्ष अघि हल्का सञ्ज्ञानात्मक गिरावट लाई डिमेन्सियाको पूर्व चरणमा हुने लक्षण सँग जोडेको छ ।

अध्ययनमा एक्लो पनले डिमेन्सियाको जोखिम ३० प्रतिशत, अल्जाइमरको ३९ प्रतिशत र भास्कुलर डिमेन्सियाको ७३ प्रतिशतले जोखिम रहेको पाइयो । यस बाहेक, सञ्ज्ञानात्मक गिरावटको १५ प्रतिशत जोखिम पाइयो । अल्जाइमर को कारण मस्तिष्कमा प्रोटिन जम्मा हुने मानिन्छ, जो कोशिकाको मृत्युको कारण मानिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!