‘मदिरा सेवन नगर्ने मा हुने फ्याटी लिभर’ले नेपालमा कलेजो प्रत्यारोपण को अवस्था ल्याउँदैछ’


काठमाडौं– नेपाल, भारत लगायतका क्षेत्रमा गैर मदिरा जन्य कारणले कलेजोमा बोसो जम्नु अर्थात् ‘नन अल्कोहलिक फ्याटी लिभर’ को तीव्र गतिले बढ्दो समस्या का कारण कलेजो प्रत्यारोपण गराउनु पर्ने अवस्था मा अत्यधिक बृद्घि देखिएको छ ।

भारतको शाल्बी अस्पताल ले अस्थि मज्जा र कलेजो प्रत्यारोपण बारे अद्यावधिक जानकारी दिन राजधानीमा आयोजित निरन्तर चिकित्सा शिक्षा कार्यक्रम (सिएमइ) मा शाल्बीका एचपीबी सर्जरी एण्ड लिभर ट्रान्सप्लान्ट विभागका प्रमुख डा.शैलेन्द्र लालवानीले उक्त कुरा बताएका हुन ।

‘नेपाल – भारतमा नन अल्कोहलिक फ्याटी लिभर को रोग कलेजो प्रत्यारोपणको प्रमुख कारण बन्दै छ’, डा.लालवानीले भने–‘कलेजो प्रत्यारोपण गराउनु पर्ने अवस्था आउनमा नेपाल, भारतमा मदिरा पनि एउटा प्रमुख कारण हो तर पछिल्लो समय गैर मदिरा जन्य कारणले कलेजोमा बोसो जम्ने समस्यामा अत्यधिक बृद्घि देखि राखिएको छ ।’

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदन अनुसार करिब २५ प्रतिशत जनसङ्ख्यामा गैर मदिरा जन्य कारणले हुने फ्याटी लिभरको समस्या रहेको छ । अमेरिकामा मात्रै करिब १० करोड मानिस यो रोगबाट प्रभावित छन् । विज्ञहरूले नेपाल र भारतमा समेत हरेक वर्ष यसका बिरामी बढिरहेका बताउँछन् । यसको कारण फास्ट फुडको बढ्दो प्रवृत्ति, सकारात्मक जीवन शैली न अपनाउनु, व्यायामको कमी र निष्कृय जीवन शैली हो ।

युवाहरूमा समेत गैर मदिरा जन्य कारणले गर्दा कलेजो मा बोसो जम्ने समस्या पछिल्लो समय द्रुत गतिले बढ्दो छ । तर यो समस्या को लागि मदिरा एउटा प्रमुख कारण हो । अझ फिल्महरूले मदिरा सेवनलाई प्रोत्साहित गरि रहेकोमा चिकित्सकहरू चिन्तित देखिएका छन् ।

युवाहरूमा मदिरा सेवनमा बृद्घि को लागि बलिउडको फिल्म समेत जिम्मेवार रहेको औँल्याउँदै डा.लालवानीले भने–‘एउटा अध्ययनले बलिउडको फिल्म हेर्ने तेब्वर बढी युवा मदिरा सेवन गर्ने देखाएको छ, बलिउडको फिल्म भारत सँगै नेपालमा समेत अत्यधिक देखिने गरिएको छ ।’

त्यही फिल्मले सकारात्मक जीवन शैली , परम्परागत स्वस्थ कर खाद्य पदार्थ र परिकार सेवनको दाँजोमा फस्ट फुट, अल्ट्रा प्रोसेस्ड फुड, प्रोसेस्ड फुड लगायतका नकारात्मक जीवन शैली र खाने कुरा प्रति आकर्षण बढाउनु ले समेत फ्याटी लिभरको समस्या नेपालमा समेत तीव्र गतिले बृद्घि देखिएको काठमाडौं स्थित किष्ट मेडिकल कलेज अस्पतालका कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा.एकानन्द सिंह बताउँछन् ।

गैर मदिरा जन्य कारणले गर्दा कलेजो मा बोसो जम्ने रोग कलेजोको कोषिकामा अतिरिक्त बोसो जम्मा हुने कारण ले गर्दा हुन्छ । केही दशक अघि सम्म जस्तो यो जरुरी छैन की कलेजोमा बोसो जम्ने समस्या मदिराको बढी सेवनले गर्दा होस । उसो कलेजोमा केही बोसो हुनु सामान्य मानिन्छ । तर कलेजो को तौलको ५ प्रतिशत भन्दा बढी बोसो छ भने यसलाई फ्याटी लिभर (स्टेटोसिस) भनिन्छ ।

गैर मदिरा जन्य कारणले गर्दा कलेजो मा बोसो जम्ने समस्या विश्व भरीमा सामान्य दीर्घकालीन कलेजोको रोग हो । जसले कुल वयस्क जनसङ्ख्याको एक तिहाइ सम्म लाई प्रभावित गरिरहेको जनाउँदै डा.सिंह भन्छन–‘अध्ययनहरु अनुसार भारतमा ३० देखी ४० प्रतिशत कलेजो को क्यान्सरको गैर मदिरा जन्य कारणले गर्दा कलेजो मा बोसो जम्ने समस्याले हुने गर्छ, अध्ययन नभए पनि नेपालमा समेत उस्ता उस्तै स्थिति रहेको अनुमान गर्न सकिन्छ ।’

अव भाइरल हेपाटाइटिस को दाँजोमा नन अल्कोहलिक फ्याटी लिभर क्यान्सरको ठूलो कारण बन्न लागेको समेत डा. सिंह जनाउँछन् ।

शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा पछिल्लो २० वटा कलेजो प्रत्यारोपण मा संलग्न रहेका र हाल मेडिसिटी अस्पतालमा कार्यरत रहेका कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा.राम वावु साह भन्छन–‘भक्तपुरमा पछिल्लो २० वटा कलेजो प्रत्यारोपण मा २ वटा गैर मदिरा जन्य कारणले कलेजोमा बोसो जमेर उत्पन्न रोग र समस्याहरूले गर्दा कलेजो प्रत्यारोपण गर्नु परेको थियो ।’

पछिल्लो समय नेपालमा समेत नन अल्कोहलिक फ्याटी लिभरले गर्दा कलेजो प्रत्यारोपण गर्नु पर्ने अवस्था मा बृद्घि भएको जनाउँदै डा.साह भन्छन–‘रोग लगायत मदिरा जन्य कारण मात्र नभइ अव गैर मदिरा जन्य कारणले समेत हुने फ्याटी लिभरले गर्दा कलेजो प्रत्यारोपण गराउनु पर्ने अवस्थामा बढ्दो छ ।’

शाल्बी अस्पताल कै डा.सत्येन्द्र कटेवा ले नन अल्कोहलिक फ्याटी लिभरवाट जोगिन सदैव सक्रिय जीवन शैली अँगालेर दिनहुँ ७ देखी १० हजार पाइला हिडने, सकारात्मक जीवन शैली अपनाउने, परम्परागत स्वस्थ कर खानपान तिर फकर्ने, आगो, धुवा मा पकाइएको ग्रिल्ड खाने कुरा, तन्दुरी आदि वाट जोगिनु पर्ने समेत बताउँछन् ।

गैर मदिरा जन्य कलेजोमा बोसो बढ्ने समस्या को जोखिम कम गर्ने तरिकाहरू 

  • स्वस्थ आहारः स्वस्थ कर खानपानमा रमाइनुहोस् । जस्तै फलफूल, तरकारी, सम्पूर्ण अन्न र ती चीजहरू आफ्नो आहारमा समावेश गर्नुहोस् जसमा प्रशस्त मात्रामा राम्रो बोसो (गुड फैट) हुन्छ ।
  • मदिरा, चिनी र चिनी जन्य उत्पादनहरू सीमित गर्नुहोस् । स्पोर्टस ड्र्रिक, सोडा, जूस र चिया जस्ता गुलियो पेय पदार्थहरू उपयोग गर्न वाट जोगिनुस । मदिराको सेवनले कलेजोलाई हानि पुर्याउन सक्ने भएकोले यी कुराहरूबाट टाढा रहनु राम्रो हुन्छ ।
  • राम्रो शारीरिक तौल कायम राख्नुहोस् । यदि तपाई बढी तौल भएको वा मोटो घाँटो हुनुहुन्छ भने, बिस्तारै विज्ञान सम्मत स्वास्थ्यकर तरिकाले तौल घटाउने प्रयास गर्नुहोस् । यदि तपाइ स्वस्थ तौल कायम राख्न हुन्छ भने, यसलाई जारी राख्न स्वस्थ खाना खाने र उपयुक्त व्यायाम लाइ नियमित रूपमा गर्दै रहनुस ।
  • व्यायामः कलेजो मा बोसो जम्ने समस्या बाट जोगिन शारीरिक रूपले सक्रिय रहनु होस् । यदि तपाई नियमित व्यायाम गर्न सक्नु हुन्न भने पहिले आफ्नो स्वास्थ्य जाँच गर्ने चिकित्सक सँग परामर्श लिनुहोस् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!